प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

news-details

प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । कार्यकाल सकिन केहि दिन मात्रै बाँकी हुँदा बैंक सञ्चालक समितिले शेरचनलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्ती दिएको हो ।

उनले नै डेढ दर्जन खराब संस्थाहरुलाई गाभेर प्रभु बैंकलाई आकर्षक वाणिज्य बैंक बनाएका थिए । खराब संस्थालाई गाभेर जर्जरपूर्ण अवस्थाबाट बैंकलाई माथि उठाउन उनले निक्कै ठूलो भुमिका निर्वाह गरेका थिए । बैंकर शेरचनको कुशल कार्यसम्पादनलाई हेरेर पनि संचालक समितिले दोस्रो कार्यकालका लागि बैंक सञ्चालनको जिम्मा दिएको हो ।

बैंक सञ्चालक समिति बैठकले शेरचनलाई माघ १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो ।

उनी प्रभु विकास बैंक र किष्ट बैंक मर्जरका बेला नायब प्रमुख कार्यकारी थिए । किष्ट बैंक गाभिएर प्रभु बैंक भएपछि दोस्रो वरियतामा रहेका शेरचनलाई तत्कालिन सीईओ कुमार लम्सालले राजिनामा दिएपछि सीईओमा नियुक्त गरिएको थियो ।

शेरचनसँग एनसिसि बैंक, एनबी बैंक, प्रभु फाइनान्स, प्रभु विकास बैंक हुँदै प्रभु बैंकसम्म २१ बर्षको बैंकिङ गरेको अनुभव छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *