सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको तेस्रो महिनाको १ लाख विजेता मोरङ्गकी रूना

news-details

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १ लाखको मासिक लक्कीड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी छिन् । विद्युतीय लक्की ड्र मार्फत विजेता छनौट गरिएको थियो ।

सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी पुरस्कार हस्तान्तरण गरिएको छ ।

यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले रु १० हजार र २ जनाले रु १ लाख जिति सकेका छन् ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताहरुले रु १० लाख र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले रु १ लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एकजना भाग्य शाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा रु १२ लाख सम्म जित्न सक्नेछन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *