ग्लोबल आइएमई बैंकको गैंडाकोट शाखा कार्यालयको औपचारिक उद्घाटन
- पुस १७, २०७५
- 0

ग्लोबल आइएमई बैंक लिमिटेडले सोमबार नवलपरासी बर्दघाट सुस्ता-पूर्व जिल्लाको गैंडाकोट स्थित शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।
गैंडाकोट र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको प्रदेश सांसद कृष्ण चन्द्र नेपालीले औपचारिक समुद्घाटन गरे ।
उक्त शाखाको औपचारिक उद्घाटन गर्दै सांसद नेपालीले गैंडाकोट लगायत देशका अन्य गाँउपालिकाहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि एवम् गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बैंकले गैंडाकोटको आर्थिक समृद्धिमा थप सहयोग गरेको बताए ।
यसैगरी ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो क्षेत्रमा जम्मा भएको रकम सोहि क्षेत्रमा प्रयोग गर्ने बताए । आफूहरु सधैँ आर्थिक समृद्धिको लागि अगाडि बढ्ने भन्दै साझेदारीको सिद्धान्तलाइ अंगिकार गर्न लागि पर्ने बताए ।
साथै गैंडाकोट र वरपरका क्षेत्रलाई इन्भेष्टमेन्ट हवको रुपमा स्थापित गर्ने लक्ष्य रहेको पनि बताए । ग्लोबल आइएमई बैंक सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताए ।
0 प्रतिक्रिया
कोषाध्यक्षमा उम्मेदवारी दिएका बिक्रम श्रेष्ठ भन्छन ‘संघको कोष मजवुद र चलायमान बनाउने छु’

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका बिक्रम श्रेष्ठले आफु निर्वाचित भएमा संघको कोषलाई मजबुद […]
यस्तो छ सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु

नेपाल सरकारले २०८१ चैत २८ र २९ गते काठमाडौँमा हुने नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा […]
जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान, काठमाडौंमा र्याली

राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित […]
नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ । सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको मंगलबार बसेको बैठकमा नेपाललाई ग्रे […]
राजावादी र गणतन्त्रवादी अटाउने नयाँ समझदारी आवश्यक छ : राजेन्द्र लिङ्देन

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई एउटा नयाँ समझदारीको आवश्यकता भएको बताएका छन् । मंगलबार आयोजित बृहत खबरदारी सभालाई […]