ग्लोबल आईएमई र कतारको दोहा बैंकबीच रेमिट्यान्स सम्झौता

news-details

ग्लोबल आईएमई बैंक लिमिटेड र कतारस्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर. सीथारमन र ग्लोबल आईएमई बैंक लि का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले हस्ताक्षर गरे ।

दोहा बैंक, कतारमा रहेका बैंकहरु मध्यको अग्रणी स्थानमा रहेको बैंक हो जसको कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकहरुमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय रहेका छन ।

रेमिट्यान्स कारोबारको लागि दोहा बैंकसँगको यो सम्झौता पश्चात कतारमा रहेका सम्पुर्ण नेपालीहरुले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फतसजिलै नेपाल पैसा पठाउन सक्नेछन र उक्त रेमिट्यान्स ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरु तथा आईएमई र जिएमइ का ९००० भन्दा बढि एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर तथा शाखा रहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि र सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ ।

ग्लोबल आइएमई बैंक रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको अग्रणी बैंक हो । यस बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *