आकासिएको डलरको मूल्य घट्यो, इन्धनको मूल्य घटेन

news-details

भारतीय मुद्रा बलियो हुन थालेपछि डलरको भाउ घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ३८ पैसा रहेको छ ।

एक अमेरिकी डलरको मूल्य ११९ सम्म पुगेको थियो । डलरको मूल्य बढ्दा नेपाललाई अन्तर्राष्ट्रिय बजारमा घाटा लाग्छ । यद्यपी डलरको भाउ बढ्दा नेपालीहरुले विदेशबाट पठाउने रेमिट्यान्सलाई भने फाइदा पुग्ने गरेको छ ।

डलरको मूल्य घट्दा पेट्रोलियम पदार्थको मूल्यमा पनि गिरावट आउने गर्दछ यद्यपी नेपाल सरकारले पेट्रोलियम पदार्थको मूल्य भने अझै घटाएको छैन ।

बजार उतार–चढावपूर्ण भइरहेको बेला अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ एकै दिन ८ प्रतिशतले गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा समेत इन्धनको मूल्यमा गिरावट आएको छ । तर नेपालको बजारमा भने तेलको मूल्य घट्ने कुनै संकेत देखा परेको छैन । कारण नेपाल आयल निगमले घाटाको शोधभर्नाका लागि भन्दै इन्धनको मूल्य घटाउन अस्वीकार गर्दै आएको छ ।

भारतमा तेलको मूल्य निरन्तर ओरालो लागेको भारतीय सञ्चारमाध्यमहरुले विवरण सार्वजनिक गरेका छन् । लगातार ३ दिनदेखि भारतमा इन्धनको मूल्यमा गिरावट आएको छ ।

त्यसैगरी एक युरोको खरिददर १२८ रुपैयाँ १८ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ८६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रिदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ ।

यसैगरी जापानीज १० यनको खरिददर ९ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रिदर ३१ रुपैयाँ १४ पैसा रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *