ग्लोबल आइएमई बैंकद्धारा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन

news-details

ग्लोबल आइएमई बैंक लिमिटेडले यही मसिंर ४ गते मंगलबार गोंगबु क्षेत्रमा क्रियाशिल होटल व्यवासायीहरुकोे सहकार्यमा नेपालको कर प्रणाली तथा डिजिटल बैंकिङ्ग सम्बन्धि वित्तिय साक्षरता एंव अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।

गोगंबु क्षेत्रमा क्रियाशिल होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुलाई नेपालको कर क्षेत्र र नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका विभिन्न आयामहरुको बारेमा जानकारी गराउने उद्धेश्यले ग्लोबल आइएमई बैंकले उक्त कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त कार्यक्रममा नेपालको कर क्षेत्रमा प्रशिक्षक तथा सल्लाहकारको रुपमा काम गर्दै आएका चार्टर्ड अकाउटेन्ट शेष मनि दाहालले नेपालको कर प्रणालीका बिषयमा व्यवसायीहरुलाई जानकारी गराएका थिए । सोही विषयमा त्यहाँ उपस्थित होटल व्यवसायीहरुबीच केहिबेर अन्र्तकृया कार्यक्रम समेत संचालन भएको थियो ।

साथै सोहि कार्यक्रममा नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा देखा परेका नयाँ–नयाँ आयामहरुको बारेमा ग्लोबल आइएमई बैंकका सूचना प्रविधि विभाग प्रमुख अनिल जोशीले जानकारी गराएका थिए ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि-सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । यसका साथै बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *