सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक बिद्युतिय भुक्तानी सम्झौता
- भदौ ८, २०७५
- 0

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर बैंक बिद्युतिय भुक्तानी सेवा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर बैक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ ।
जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिट्यान्स कारोबारहरु सेवाग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ । यस अनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने बिश्वास गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।
उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका हुन् ।
0 प्रतिक्रिया
संखुवासभाको मनकामना मन्दिरमा श्रेष्ठ दम्पतीले चढाए सबैभन्दा ठूलो घण्टी

संखुवासभा जिल्लाको चर्चित धार्मिक स्थल मनकामना मन्दिरमा अमेरिका निवासी सुरेन्द्र श्रेष्ठ दम्पतीले सबैभन्दा ठूलो घण्टी प्रदान गरेका छन् । संखुवासभाको […]
‘रोड सेफ्टी’ फोटो प्रतियोगिता एवं प्रर्दशनी हुने

फोटो पत्रकार (पिजे) क्लव र रोटरी क्लव अफ काठमाडौं सर्कलबीच रोड सेफ्टी फोटो प्रतियोगिता एवं प्रदशनी गर्ने सम्वन्धी सम्झौता भएको […]
पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायलयप्रति विश्वस्त छु : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् । […]
दोलखामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार राति बा१६च ७६५१ नम्बरको जिप दुर्घटना […]
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’

रामेछापको सदरमुकाम मन्थलीलाई सालुसँग जोड्ने सडकमा निर्माणाधीन रणजोर खोलाको पुल निर्माणको समय लम्बिएको छ । सरकारले पैसा दिँदा ठेकेदारले काम […]