माछापुच्छ्रे बैंक र रियान्डा बीजसर्भबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

news-details

काठमाडौं । माछापुच्छ्रे बैंक र रियान्डा बीजसर्भबीच वित्तीय साक्षरता सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

ले यूके एड सक्षम एक्सेस् टु फाइनान्सको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्न सो सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा, रियान्डा बिजसर्भका तर्फबाट प्रवन्ध निर्देशक भरत रिजाल र फिनलिटको तर्फबाट प्रवन्ध निर्देशक प्रकाश कोईरालाले संयुक्त रुपमा हस्ताक्षर गरे ।

बैंकले तोके बमोजिमका वित्तीय साक्षरता सम्बन्धि सम्पूर्ण कार्यहरु रियान्डा बिजसर्भ (फिनलिट सँगको संयुक्त सहकार्यमा)ले गर्ने बंैकले जनाएको छ । सम्झौताको कार्यान्वयन पश्चात् नेपालको वित्तीय साक्षरता न्यून रहेका ११ जिल्लाहरुमा बैंकले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम गर्ने लक्ष्य राखेको छ ।

बैंकले उक्त वित्तीय साक्षरता कार्यक्रम अन्तर्गत वित्तीय साक्षरता सम्बन्धि तालिम, श्रव्य–दृश्य प्रस्तुती, नाटक–कथा मञ्चन, किताब र पढ्ने सामग्रीहरु वितरण, आदि कार्यहरु गरिने जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *