राष्ट्रिय वाणिज्य बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता
- भदौ १, २०७५
- 0

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड (एनबीआइ)बीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआइका प्रमुख कार्यकारी अधिकृत संजीब सुब्बाले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात आ.ब. ०७५/०७६ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि एनबीआइले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिम प्रदान गर्नेछ ।
बैंकको हाल ७४ जिल्लामा २०६ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
गत आ।व।को आषाढ समान्तसम्म बैंकले १ खर्व ६९ अर्व रुपैंया निक्षेप संकलन, १ खर्व २१ अर्व रुपैंया कर्जा लगानी र ४ अर्व ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ ।
0 प्रतिक्रिया
शेखर समूहको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड

नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ […]
तस्वीरमा हेर्नुहोस् बकर ईद

आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर ईद मुस्लिम समुदायले देशभरका मस्जिदमा मनाउँदै छन् । इदुल फित्र अर्थात […]
बागमती प्रदेशः बजेट बनाउने चटारोमा मन्त्रालयहरू

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि असार १ गते प्रस्तुत गर्न लागेको बजेटको तयारी अन्तिम चरणमा पुगेको […]
देशभरका मुस्लिम समुदायले आज बकर इद मनाउदैँ

आज देशभरका मुस्लिम समुदायले बकर इद मनाउदैँ छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्वको रुपमा रहेको बकर इद आज देशभरका […]
यस्तो छ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका […]