माछापुच्छ्रे बैंकको सुपर एजेन्टमा जिएमई रेमिट नियुक्त
- साउन २८, २०७५
- 0
माछापुच्छ्रे बैंक लिमिटेडको सुपर एजेन्ट भई कार्य गर्न जिएमई रेमिट प्रा.लि. नियुक्त भएको छ । उक्त सुपर एजेन्ट सम्बन्धी सम्झौतामा जिएमई रेमिटकोतर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम माछापुच्छ्रे रेमिटमार्फत पठाएको रकम जिएमई रेमिटको नेपालभर रहेका ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी पाउन सकिनेछ भने जिएमई रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको रकम माछापुच्छ्रे बैंकले आफ्नो शाखाहरुमार्फत भुक्तानी सेवा प्रदान गर्नेछ ।
हाल जिएमई रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापानलगायतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।
0 प्रतिक्रिया
कुलेखानीले क्षति पुर्याएको स्थानमा बेलिब्रिज हालिने
असोज ११ र १२ गतेको अविरल वर्षासँगै कुलेखानी जलविद्युत् आयोजनाको ड्याम खोल्दा क्षति भएको हेभीखोलामा बेलिब्रिज हालिने भएको छ । […]
धनुषामा हत्या गरि गाडिएको अवस्थामा एक महिलाको शव फेला
मिथिला नगरपालिका ३ मा एक महिलाको हत्या गरि गाडिएको अवस्थामा बुधबार राती शव फेला परेको छ । इलाका प्रहरी कार्यालय […]
सम्पर्कविहीन प्रहरीहरुलाई ७ दिन भित्र हाजिर हुन निर्देशन
नेपाल प्रहरीका दुई सहायक हवलदार र जवानसहित ३० जना प्रहरी दुई महिनाभन्दा बढी समयदेखि सम्पर्कविहीन भएका छन् । प्रहरी प्रधान […]
चिसो मौसममा बुढाबुढी र युवाहरुलाई छाला सम्बन्धि बढी समस्या देखिन्छ : डा. श्रेष्ठ
प्रमीला कार्की/ डा.अमृता श्रेष्ठ छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ हुन् । दश बर्षदेखि सरकारी मेडिकल अफिसरको रुपमा सक्रिय […]
नायकवडा केन्द्र बनाएर जाजरकोटमा गयो भूकम्प
जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटको नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । ४.२ […]