भिरु लामाको शब्द तथा यम बरालको स्वरमा सजिएको ‘धन हुनेको मनै छैन’ बोलको गीत चर्चामा

news-details

काठमाडौं / गीतकार तथा समाजसेवी धर्मभिरु लामाको शब्द तथा यम बरालको आवाजमा ‘धन हुनेको मनै छैन’ बोलको गीत सार्बजनिक भएको छ ।

चर्चित संगितकार सागर गौतमको संगीत तथा सन्दीप कार्कीको एरेन्जमा सजिएको गीतको मिक्सिङ मास्टरिङ भने रुबिन जोएले गरेका छन् ।

त्यस्तै गीतको भिडियो निर्देशन लामो समयदेखि अनुभव बटुलेका सफल निर्देशक विनयराज पौडेलले गरेका छन् । भिडियोमा धर्मभिरु लामा, उमा राई र पर्वत गदाईलीको अभिनय देख्न सकिन्छ ।

काठमाडौं र भक्तपुरका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोको छायांकन भने अनुभवी छायाँकार शिव ढकालले गरेका छन् । त्यस्तै भिडियो सम्पादन तथा कलर सौखिन तिमल्सिनाले गरेका छन् ।

कबिर लामाको निर्माण तथा प्रोड्युसर नेपालका अध्यक्ष करण सिंहको प्रडक्सनमा निर्माण गरिएको भिडियो ‘भिरु प्रडक्सन हाउस’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *