नेपाल आइडल सिजन–५ को विजेता बने बर्दियाका करण परियार
- असार ९, २०८१
- 0
करण परियारले अन्तर्राष्ट्रिय फ्रेन्चाइज गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जितेका छन्।
शनिबार सम्पन्न भएको फाइनलमा प्रतिस्पर्धी सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई पछि पार्दै परियार यो सिजनको विजेता घोषित भए ।
उपाधि विजेता परियारले २५ लाख र ट्रफी उचाले ।
यस्तै, सिजनको फस्ट रनरअपमा सलोनी गुरुङ र सेकेन्ड रनरअप सचिन विश्वकर्मा बने । गुरुङले १० लाख नगद पाउँदा विश्वकर्माले ५ लाख हात पारे ।
नेपाल आइडलको पाँचौं संस्करणका लागि देशभरिबाट १ सय ५२ जना छानिएर प्रतिस्पर्धा गरेका थिए। दर्शकको भोटको आधारमा विजेता चुनिएका हुन् ।
चार महिनादेखि जारी नेपाल आइडलका निर्णायकहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा हुन् ।
0 प्रतिक्रिया
सम्राट दाहालको एकल अभिनय रहेको ‘अस्तिभन्दा हिजो’ गीत सार्वजनिक (भिडियोसहित)
बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत ‘अस्ति भन्दा हिजो’को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई सम्राट […]
दीपेन्द्रसिंह ऐरीले जिते ओमोडा कार, ललितलाई इलेक्ट्रिक बाइक, कसले के अवार्ड पाए ?
नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिकफाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा […]
निरोगी नेपाल बनाउन ध्यान र योग नियमित गर्नुपर्छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओली युद्ध र अशान्तिबाट त्रस्त विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्ने बताएका छन् […]
एनपीएलको पहिलो उपाधि बिजेता बन्यो जनकपुर
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न […]
इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’
सविता नयाँजू / नेपालमा पछिल्लो समय विद्युतीय सवारी साधन(ईभी) को प्रयोग बढ्दै गएको छ । सार्वजनिक यातायातका साधनका रुपमा ‘विजुली […]