हेल्प नेपाल नेटवर्कको विश्व संयोजकमा डिला खरेल चयन

news-details

नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था, हेल्पनेपाल नेटवर्कमा अष्ट्रेलिया निवासी व्यवसायी तथा समाजसेवी डिला खरेल संस्थाको ग्लोबल कोअर्डीनेटर(विश्व संयोजक) चयन भएका छन् ।

आफ्नो स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा खरेललाई ग्लोबल संयोजक चयन गरिएको हो । भेलाले अष्ट्रेलिया निवासी वैज्ञानिक डा.राजु अधिकारीको संयोजकत्वमा इन्द्रा बन (अष्ट्रेलिया), हर्ष गौतम (अष्ट्रेलिया), प्रणय राज आचार्य (स्विडेन) तथा लक्ष्मण शर्मा रहेको एक सल्लाहकार समिति पनि गठन गरेको छ । त्यस्तै इ रोशेन्द्र ध्वज खड्कालाई प्रोजेक्ट कोअर्डीनेटर चयन गरिएको छ ।

सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरु रहेका छ्न भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ । ‘मातृभूमिका लागि महिनामा एक पाउण्ड’ भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्पनेपाल नेटवर्कस्थापना गरिएको थियो ।

नेटवर्कले नेपालका एकसय बढी स्कूलहरुमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुका साथै सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लाहरुमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरुको पुनर्निर्माणमा पनि सघाएको छ ।

नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरुलाई गएको २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बाल गृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् ।

सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरुलाई पनि नेटवर्कले मानवीय सहायता पुर्याउँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *