डि.एस. राणाले माल्टाबाट सुरु गरे ‘हेल्पलाइन’ कार्यक्रम

news-details

वैदेशिक रोजगारका क्रममा विविध समस्या भई दुःख पाएका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले व्यवसायी डि.एस. राणाले माल्टाबाट ‘हेल्पलाइन’ कार्यक्रमको सुरुवात गरेका छन् ।

लामो समयदेखि माल्टामा व्यवसाय गर्दै आएका व्यवसायी राणाले वैदेशिक रोजगारका क्रममा नेपालीहरुले धेरै दुःख पाउने गरेको आफूले धेरै ठाउँमा प्रत्यक्ष देख्नुपरेकोले उनीहरुका दुःख पिडामा थोरै भएपनि मल्हम लगाउनका लागि यो कार्यक्रमको सुरुवात गरेको बताए ।

प्रवासमा आउँदाका सुरुवाती दिनहरुमा आफूले पनि धेरै दुःख र संघर्ष गर्नुपरेको बताउँदै उनले नेपालबाट आउँदा एउटा सोच लिएर आउने र यहाँ आइसकेपछि धेरै समस्याहरु भोग्नुपर्ने भएकाले त्यस्ता समस्या समाधान गर्नका लागि हेल्पलाइन कार्यक्रमले सहयोग गर्ने बताए ।

लामो समयदेखि माल्टामा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका राणालाई त्यहाँ रहेका थुप्रै नेपालीहरुले चिन्ने हुनाले पनि कसैलाई समस्या पर्दा सिधैं आफूलाई फोन आउने गरेको बताउँछन् । समस्यामा परेर आफूलाई सम्पर्क गरेको ३५ –४० जना नेपालीहरुलाई आफूले सहयोग समेत गरिसकेको उनी बताउँछन् ।

उनी भन्छन् –‘कुनै पनि आफूले गरेको कामलाई सामाजिक संजालमा सजाएर मात्र कर्म गरिन्छ भन्ने ठहरेको मान्छे म होइन । हामीले गर्ने कर्म भनेको भगवानले देख्ने हो र नजिकको मान्छेले देख्ने हो । मैले पिडामा पर्ने मानिसहरुलाई केही दिनसम्म बाँच्न सक्ने आधार दिलाए ।’

कतिपय नेपालीहरु समस्यामा परेर घरमा पनि आफ्ना समस्या भन्न सकिरहेका हुँदैनन्, कतिपय मानसिक रोगी हुन्छन् भने कतिपय नेपालीहरु आर्थिक समस्यामा परेर दुःख पाईरहेका हुन्छन् त्यसले गर्दा उनीहरु डिप्रेसनमा जाने जस्ता समस्याहरु आइरहन्छन् त्यस्ता समस्यालाई कम गर्नकै लागि हेल्पलाइन आवश्यक रहेको उनी ठान्छन् ।

उनी भन्छन् –‘यो हेल्पलाई कुनै पनि संघसस्था व्यक्ति विशेषसँग जोडिएर छलफल गर्न खोलएको संस्था होइन यो विशुद्ध सामाजिक संस्था हो । प्रवासमा रहेर दुख पाएका नेपालीहरुलाई बाँच्ने आधार दिलाउनका लागि मैले हेल्प लाइन स्थापना गरेको हो ।’

आफूले यो कार्यक्रमको सुरुवात माल्टाबाट गरेतापनि आगामी दिनहरुमा लण्डन, क्रोशिया, इटली, पोर्चुगल, जर्मन, फ्रान्सलगायतका देशहरुमा पनि संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिए । त्यहाँका अग्रज व्यक्तिहरुको पनि राम्रो प्रतिक्रिया पाएको बताउँदै उनले आगामी दिनहरुमा यसलाई विश्वभर नै गर्दै लैजाने मैले योजना रहेको बताए ।

समस्यामा परेका नेपालीहरुले आफूलाई सम्पर्क गरे उनले सोही देशका एनआरएनएको मातहतमा गएर एनआरएनएको संयोजकत्वमा स्वयं व्यक्तिलाई सहयोग गर्र्ने वातावरण बनाउँने समेत प्रतिवद्धता व्यक्त गरे । साथै आफूले सुरुवात गर्न लागेको कार्यक्रमलाई सम्पुर्ण देश–विदेशमा छरिएर रहेका नेपालीहरुले साथ र सहयोग गर्न पनि आग्रह गरे ।

उनले २०६२–२०६३ को जनआन्दोनमा सहभागि भई देशको अवस्था परिवर्तन गर्नमा समेत महत्वपुर्ण भुमिका निभाएका थिए ।

विगत लामो समयदेखि बैदेशिक रोजगारका क्रममा माल्टामा व्यवसाय गर्दै आएका राणा नेपालले विभिन्न आपत् विपत्को सामना गर्दा अग्रण्ी भुमिकामा रहेर सहयोग गर्दै आईरहेका छन् । २०७२ सालको महाभुकम्प, बाढी, पहिरो, कोरोना लगायतका महामारीमा उनको ठूलो सहयोग रहेको छ । साथै आगामी दिनहरुमा पनि यस्ता सहयोगहरु निरन्तर गर्दै जाने उनको प्रतिवद्धता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *