गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ) समाज कतारको सयुक्त आयोजनामा हुन गइरहेको गैरआवासीय नेपाली तारा – २०२३, कतारको अतिथि निर्णायकमा एनआरएनए उपमहासचिव प्रविन गुरुङ चुनिएका छन् ।

गैरआवासीय नेपाली तारा कतारको चौथौ संस्करणमा एनआरएनए उपमहासचिव गुरुङ अतिथि निर्णायक बनेका हुन् । एनआरएनएको संस्कृति र सम्पदा विभाग संयोजकको जिम्मेवारी पाएका गुरुङ निर्णायकका रूपमा चयन भएका हुन् ।

गैरआवासीय नेपाली ताराको अतिथि निर्णायकमा एनआरएनए उपमहासचिव प्रविन गुरुङ

नेपाली कला, संस्कृतिलाई विश्व बजारमा लैजान सहयोगी भूमिका खेल्दै आएका गुरुङसँग नेपाल आइडल र भ्वाइस अफ नेपालको पहिलो सिजनको ग्राण्ड फिनाले कतारमा सम्पन्न गरेको अनुभव छ । त्यसैगरी बुगीबुगी, नेफ्टा अवार्ड, एनआरएनए ग्लोबल सिंगिङ आइडल, टिकटिक आइडल सफलतापुर्वक सम्पन्न गर्न महत्वपुर्ण भूमिका खेलेका गुरुङ नेपाली कलासंस्कृतिको जगेर्नामा जुटिरहेका छन् ।

गैरआवासीय नेपाली ताराको अतिथि निर्णायकमा एनआरएनए उपमहासचिव प्रविन गुरुङ

‘विश्वभर लुकेर रहेका कलालाई निकाल्ने र निखार्ने अभियानमा हाम्रो सदैव साथ छ’ एनआरएनएको ११ औं महाधिबेशनबाट अत्याधिक मत ल्याएर उपमहासचिवमा बिजयी भएर कर्मथलो कतार पुगेका गुरुङले भने–‘ एनआरएनएले कलासंस्कृतिको विकासमा अझ धेरै काम गर्नेछ ।’

‘नेपाली कला संस्कृतिको सम्मान गरौ, प्रवासमा रहेको प्रतिभाको खोजी गरौ’ भन्ने नाराका साथ प्रवासमा लुकेर बसेको कलालाई प्रष्फुटन र उजागर गर्ने उद्देश्यले गैरआवासीय नेपाली तारा कतारमा हुँदै आएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ गरिने गैरआवासीय नेपाली ताराको सम्पुर्ण तयारी पुरा भएको एनआरएनएका अध्यक्ष रमेश भट्टले जानकारी दिए । गैरआवासीय नेपाली तारा – २०२३, कतारको चौथौ संस्करण गायन तथा नृत्य प्रतियोगिताको उद्घाटन तथा पहिलो अडिसन कार्यक्रम भोलि शुक्रवार हुँदैैछ । दोस्रो चरण २२ डिसेम्बर, तेस्रो चरण १२ जनवरी २०२४ र ग्राण्ड फिनाले २ फेब्रुअरी २०२४ मा सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।

कतारको सनैयामा रहेको फुलवारी रेष्टुरेन्टमा शुक्रवार दिउसो ११ बजेदेखि हुने उद्घाटन तथा पहिलो अडिसनमा सहभागी हुन आयोजकको आग्रह गरेका छन् ।