पहिलो चरणमा हमासले १३ जना बन्दी रिहा ग-यो

news-details

इजरायल र हमासबीच युद्ध विराम भएपछि हमासले पहिलो पटक बन्धक बनाएकाहरुलाई पहिलो चरणमा रिहा गरेको छ ।

पहिलो चरणमा १३ जना इजारयली रिहा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै हमासले १२ जना थाई बन्धकहरूलाई पनि रिहा गरेको छ ।

बन्धकहरूलाई हमासले रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) लाई हस्तान्तरण गरेको हो । यी बन्धकहरूलाई इजिप्ट र गाजा बीचको राफा क्रसिङमा ल्याइएको छ । त्यसपछि इजरायली सेनाले बन्धकहरूलाई मेडिकल जाँचका लागि एयरबेसमा लैजानेछ । प्रारम्भिक अनुसन्धानपछि सबैलाई हेलिकप्टरबाट अस्पताल लगिनेछ, जहाँ उनीहरुले परिवारलाई भेट्ने छन् ।

रिहा भएकाहरुको नाम भने खुलाइएको छैन । यद्यपि यी सबै महिला र बालबालिका हुन् । बन्धकहरूलाई रिहा गरेपछि इजरायलले ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । उनीहरु सबैलाई वेस्ट बैंकको इजरायलको ओफर जेलमा राखिएको थियो । उनीहरुको सूची सार्वजनिक भएको छ, जस अनुसार मुक्त हुनेमा २४ महिला र १५ पुरुष रहेका छन् । इजरायली जेल सेवाका अनुसार उनलाई वेस्ट बैंकमा रहेको इजरायली सैन्य चौकीमा सारिनेछ र घर फर्कन अनुमति दिइनेछ ।

थाइल्याण्डका प्रधानमन्त्रीले ट्वीट गर्दै बन्धक बनाएका १२ थाई नागरिक रिहा भएको जानकारी दिएका छन् । दूतावासका अधिकारीहरूले ती व्यक्तिहरूलाई सँगै ल्याउने तयारी भइरहेको उनले बताए । थाई नागरिकको रिहाई इजरायल–हमास सम्झौता अनुसार भएको होइन ।

हमासले अक्टोबर ७ मा इजरायलमा ठूलो हमला गरेको थियो । यस हमलामा १४०० भन्दा बढी मानिस मारिएका थिए । यससँगै हमासले २४० जनालाई बन्धक बनाएको थियो । यी मानिसहरू विगत ४८ दिनदेखि हमासको बन्दीमा छन् । तर, अहिलेसम्म ५० जना बन्धकलाई मात्रै रिहा गर्ने सम्झौता भएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *