अन्तर्राष्ट्रिय झापाली समाजमा निर्विरोध नयाँ कार्यसमिति चयन, अध्यक्षमा मुकुन्द ढुंगाना

news-details

विश्वका विभिन्न देशमा बसोबास गर्दै आएका झापालीहरुको साझा सस्था अन्तर्राष्ट्रिय झापाली समाजको चौथो अधिबेशनले मुकुन्द ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

झापाको बिर्तामोडमा सम्पन्न समाजको चौँथो अधिबेशनले २०२३–२०२५ कार्यकालका लागि अमेरिका निवासी मुकुन्द ढुंगानाको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा महेन्द्र चम्लागाईँ (कतार), उपाध्यक्षद्वयमा भुपाल सिटौला (अष्ट्रेलिया) र चुडामणि कार्की (कतार), महिला उपाध्यक्षमा शर्मिला बस्नेत (माल्टा), महासचिवमा नगेन्द्र प्रसाद पोखरेल नवीन (कतार), सचिवमा रवीन गिरी (साउदी अरेबिया) चयन गरेको छ ।

यस्तै अधिबेशनले ओसियाना क्षेत्रिय संयोजक र उपसंयोजकमा अष्ट्रेलियाबाट क्रमस उमेश पोखरेल र निरञ्जन प्रसाईँ, मध्यपूर्व क्षेत्रिय संयोजकमा राजेन्द्र थापा (साउदी अरब) र उपसंयोजकमा भवानी कोइराला (कतार), एसिया प्रशान्त क्षेत्रिय संयोजकमा मेघराज नेपाल (जापान) तथा अमेरिका क्षेत्रिय संयोजकमा प्रसन्न संग्रौलालाई चयन गरेको छ भने सदस्यहरुमा देवीबहादुर कार्की (साउदी अरब) र उत्तम गुरुङ (कतार) चयन भएका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजले हालसम्म विश्वका करिव चालिस वटा देशमा सञ्जाल बिस्तार गरिसकेको छ भने अन्य देशमा पनि सञ्जाल विस्तारको तयारी गरिरहेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्लाका शान्तिनगर स्वास्थ्य चौकी र महाभारा स्वास्थ्य चौकी लाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो । यसअघि पनि समाजले जिल्लामा तिन वटा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *