आजदेखि सरकारले चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गर्दै
- अशोज २१, २०८०
- 0

दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले आजदेखि काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।
उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानका बिक्री केन्द्र र तीनवटा घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ ।
खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । खाद्य व्यापार कम्पनीले अनलाइनबाट पनि सहुलियत मूल्यमा खाद्यान्न बिक्री गर्ने जनाएको छ ।
0 प्रतिक्रिया
मलेसियामा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्न जनसम्पर्क समिति प्रतिवद्ध छ : अध्यक्ष पंगेनी

नेपाली जनसम्पर्क समिति मलेसियाले मलेसियाका लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिम्सिनालाई भेटेर ज्ञापनपत्र बुझाएको छ । मलेसियामा रहेका नेपालीहरुको समस्या […]
जनताले चाहेको तिव्र विकासको आकांक्षा पूरा गर्नु हामी सबैको दायित्व हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणसहित नेपाली जनताले चाहेको […]
सरकार फेरिने भनेर प्रचण्डले दिएको अभिव्यक्तिप्रति एमालेको आपत्ति

नेकपा (एमाले)को सचिवालय बैठकले माओवादी अध्यक्ष प्रचण्डले आइतबार चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । […]
यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई […]
आन्दोलनरत शिक्षकहरुको नयाँ बर्ष सडकमै

आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष २०८२ सडकमै मनाएका छन् । जारी आन्दोलनको कार्यक्रमकै सिलसिलामा शिक्षकहरुले सडकमा शुभकामना आदनप्रदान […]