चितवन युवा समूह कतारको अध्यक्षमा सुमन भारती निर्वाचित

news-details

चितवन युवा समूह कतारको अध्यक्षमा डेग बहादुर भारती (सुमन) निर्वाचित भएका छन ।

समूहको १७ औ अधिवेशनले आगामी कार्यकालका लागि भारतीको नेतृत्वमा सर्वसम्मतले नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कतारको दोहामा आयोति अधिवेशन समुहका अध्यक्ष श्याम कुमार पाण्डेको सभापतित्व तथा चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितीका केन्द्रीय अध्यक्ष समीर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

अधिवेशनले प्रथम उपाध्यक्षमा गणेश थापा, द्धितिय उपाध्यक्षमा शिव श्रेष्ठ, महिला उपाध्यक्षमा सदिक्षा थपलिया, महासचिवमा कृष्ण सुनार, सचिवमा अंकित श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष घिमिरे सहकोषाध्यक्षमा दिनेश कडेल र युवा संयोजकमा बिवश डल्लाकोटी चयन गरेको छ ।

त्यस्तै कार्यसमिती सदस्यहरुमा अमृतकुमार,राजु पौडेल, प्रकाश थापा, धन बहादुर सुनार, वीर बहादुर गुरुङ र नवीन गुरुङ चयन भएका छन । नवनिर्वाचित पदाधिकारीहरुलाई सँस्थापक कोषाध्यक्ष ईस्वर राज पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

समुहले अधिवेशनको अवसर पारेर कलाकारहरुलाई मायाको चिनो र कदरपत्रद्धारा सम्मान गरेको थियो । यसैगरी एनआरएनए एनसिसी कतारको युवा उपाध्यक्षमा चयन भएकोमा सुवास बहादुर थापालाई र एनसिसी कतारको प्रथम उपाध्यक्षमा निर्वाचित कृष्ण पन्थीलाई दोसल्ला ओढाएर मायाको चिनोद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले चितवन युवा समूह कतारमा आफू २०१० मा जोडिएको बताउदै केसीले आफुलाई कतार र समाजले धेरै कुरा सिकाएको र यस समाजलाई स्थापना गर्नको लागी धेरै दुख कष्ट भोगेको बताए । उनले आफुले कुनै समय कतारलाई कर्मथलो बनाएर धेरै वर्ष विताएको स्मरण गर्दै पुन कर्म भूमि आउन पाउँदा खुसी व्यक्त गरे ।

केसीले नयाँ कार्यसमितीले केन्द्रसँग समन्वय गर्दै नयाँ कार्य गर्ने छ भन्ने बिश्वास ब्यक्त गर्दै नयाँ बन्ने कार्यसमितिलाई केन्द्र समितीको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य समुहका महासचिव प्रकाश अर्यालले राखेका थिए भने एनसिसी कतारका प्रथम उपाध्यक्ष कृष्ण पन्थी, मध्यपुर्व संयोजक केबी हमाललगायत विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना ब्यक्त गरेका थिए ।

समारोहको समापन गर्दै सभापति पाण्डेले आफ्नो कार्यकालमा बाकी रहेको कामलाई नयाँ कार्यसमितिले पुर्णता दिने बिश्वास ब्यक्त गरे । साथै उनले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन गर्दै नयाँ कार्यसमितीलाई बधाई शुभकामना दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *