नेपाल बाहिर नेपाल चिनाइरहेका ‘आकाश बञ्जारा’

news-details

नेपाली जनशक्ति मात्र होइन नेपाली उत्पादन पनि विदेशमा गइरहेको छ । दैनिक २ हजार नेपाली युवायुवति रोजगारका लागि देश छोडेर विदेशिएका मात्र छैनन्, नेपाली हस्तकला तथा स्वदेशी उत्पादनहरु पनि विदेशमा बिक्रि वितरण भइरहेका छन् । नेपाल बाहिर नेपाली हस्तकला बिक्रिवितरण हुँदा नेपाली मन मख्ख पर्छ । नेपाली उत्पादनहरु विदेशी भूमिमा तथा विदेशिको हातमा पुग्दा हरेक नेपाली खुशी हुन्छन् ।

हो, नेपाली हस्तकला तथा स्वदेशी उत्पादनलाई विगत १२ बर्षदेखि विदेशी बजारमा बिक्रि वितरण गरिरहेका छन् गोरखाका आकाश बञ्जाराले । हङकङलाई कर्मथलो बनाइरहेका आकाश जहाँ गए पनि नेपाली हस्तकलालाई बजारीकरण गरिरहेका छन् ।

पहिला ताइवानलाई कर्मथलो बनाएका आकाशले विगत ६ बर्षदेखि हङकङमा आफुलाई स्थापित गरिरहेका छन् । नेपाल बाहिर नेपाल चिनाइरहेका छन् आकाशले ।

हङकङमा विभिन्न स्थानमा शोरुम नै खोलेर नेपाली हस्तकला तथा स्वदेशी उत्पादन बिक्रि वितरण गरिरहेका आकाशको प्रयास दिनदिनै सफलतातिर लम्किरहेको छ ।

उनी भन्छन्–‘मैले विगत १२ वर्षदेखि नेपाली हस्तकलालाई नै प्रोमोट गरिरहेको छु र जहाँ गएपनि नेपाली हस्तकलासँगै लिएर हिडिरहेको छु ।’ उनले नेपाली हस्तकलालाई हङकङको लोकल बजार र विश्वबजारमा पनि पठाइरहेका छन् ।

नेपालमा बनेका थान्का, मुर्ती, हस्तकला तथा अन्य ज्वेलरीका सामानहरु उनले मुख्यरुपमा विक्रि वितरण गरिरहेका छन् । काठबाट बनेका सामाग्रीहरु धेरै रुचाइने उनको बुझाई छ ।

आकाशको अर्को विशेषता भनेको उनी योगा तथा साउण्ड हिलिङ ट्रेनर पनि हुन् । उनी योगा तथा साउण्ड हिलिङको ट्रेनिङ दिनका लागि हङकङमा मात्र होइन एसियन मुलुकहरुमा पुगिरहन्छन् । शनिवार र आइतबारको लागि उनको समय लिनेहरुको लाइन नै लाग्ने गर्दछ ।

आकाशले नेपालमा सिंगिङ बउलको उत्पादन आफै गर्दै आएका छन् । नेपालबाट विश्व बजारमा उनले सिंगिङ्ग बउल पठाइरहेका छन् । उनी भन्छन्–‘पछिल्लो समय मैले सिंगिङ बउलको प्रोडक्सन गरिरहेको छु । यसको फिडब्याक धेरै राम्रो आइरहेको छ ।’

विश्वबजारमा अहिले मेडिटेशन तथा उपचारका लागि सिंगिङ बउल अत्यावश्यक बनिरहेको छ । आकाश भन्छन्–‘नेपालको हिमालयबाटै शुरु भएको हिलिङ पद्धति पछिल्लो समय पश्चिमेली मुलुकहरुले प्रयोग गर्न थालेका छन्, त्यसैले अहिले मैले योगा र साउण्ड हिलिङलाई विशेष गरेर फोकस गरेको छु । विभिन्न वाद्यवादनहरुको माध्यमबाट साउन्ड हिलिङ गर्ने गरेको छु, जुन निकै प्रभावकारी र महत्वपुर्ण बन्दै गइरहेको छ ।’

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) हङकङको अध्यक्ष समेत रहेका आकाश युवाहरुलाई उद्यमशिलता विकासमा लाग्न प्रेरित गरिरहेका छन् । हङकङमा रहेका युवा उद्यमीहरुलाई एकिकृत गरेर आकाशले सामुहिकरुपमा उद्यमशिलता विकासमा काम गर्ने र लगानी बढाउने बताएका छन् ।

नेपाली युवाहरुलाई उद्यमी बनाउने र बनिसकेका उद्यमशिल युवाहरुलाई ब्यापार विस्तारमा सहयोग पु¥याउने फिनेको लक्ष्य रहेको छ । त्यसका लागि आकाशले नेतृत्व गरेर अगाडि बढिरहेका छन् ।

आकाशले व्यवसायिक सफलता मात्र होइन सामाजिक कार्यलाई पनि उत्तिकै अगाडि बढाएका छन् । उनले मातृबिहीन दमौलीकी ९ बर्षिया कृपा थापा र काठमाडौंकी सदिक्षा श्रेष्ठलाई कलेजस्तरसम्म पढाउने जिम्मा लिएका छन् । उनले मानवसेवा आश्रम, चेपाङ संरक्षण केन्द्रमा आश्रय लिइरहेकाहरुलाई निरन्तर आर्थिक सहयोग पनि गर्दै आएका छन् ।

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *