थाइल्याण्ड र म्यानमारका नेपालीले भने- ‘हामीलाई पनि एनआरएनको परिचय पत्र दिनुपर्छ’
- भदौ ४, २०८०
- 0
थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेको छ ।
रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेपाल एसोशिएसनका पदाधिकारीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का समक्ष आफ्ना पुर्खा पनि नेपाली भएपनि विदेशी नागरिकको रुपमा काम गरिरहेको बताए ।
यसको साथै आफूहरु नेपालीकै सन्तान भएको भन्दै पहिचान खुल्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।
भेटमा थाइ नेपाल एसोशिएसनका प्रतिनिधिहरुले आफूहरुलाई नेपाल आवतजावत गर्न पाउने तथा गैर आवासीय नेपालीको परिचयपत्र उपलब्ध गराउन आग्रह गरेका छन् ।
उपप्रधानमन्त्री खड्काले यस विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संविधानको परिधिभित्र रहेर यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्ने आश्वासन दिएका छन् ।
0 प्रतिक्रिया
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्रीले भने- ‘शिघ्र विकासका लागि सरकार तल्लीन छ’
प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल माध्यमबाट सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन । सुरुङ ब्रेक थ्रु गर्दै प्रधानमन्त्री […]
चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धी विधेयक फिर्ता लियो
मधेश प्रदेश सभामा दुई दिन पहिला मात्र पेश गरिएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयक २०८१ फिर्ता लिइएको छ । शुक्रबार […]
अस्वस्थ्य रहेका प्रधानमन्त्री पाल्पा गएनन्, भर्चुअलरुपमै भवनको उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको शुक्रबार भर्चुअलरुपमा उदघाटन गरेका छन् । प्रधानमन्त्री ओली कार्यक्रमस्थलमै पुगेर उदघाटन […]
राप्रपा केन्द्रीय कार्य समिति बैठक : सरकारले गरेका कामबारे समिक्षा गर्दै आगामी रणनीति तय गर्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । बैठक अगाडि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले […]
राप्रपा केन्द्रीय समिति बैठक आजदेखि
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक शुक्रबार शुरु हुँदैछ । बैठक धुम्बाराहीस्थित एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि […]