संखुवासभा समाज हङकङको अध्यक्षमा गुरुङ

news-details

संखुवासभा समाज हङकङले लिला बहादुर गुरुङको अध्यक्षतामा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ । समाजको १० औ अधिवेशनले गुरुङको अध्यक्षतामा सर्वसम्मतले कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा प्रकाश (जेबी) गुरुङ र श्याम गुरुङ, सचिवमा मणिशेखर गुरुङ, उपसचिवमा लविन गुरुङ, कोषाध्यक्षमा लोकराज याख्या, सहकोषाध्यक्षमा भविना गुरुङ तथा सदस्यहरुमा गंगा सुब्बा, कुमारी याख्या, लोकेन्द्र लिम्बु, पदम राई, देवेन्द्र कोरङ्गी र पंचु गुरुङ चयन गरेको छ ।

समाजका पूर्वअध्यक्ष तथा अग्रज दाजु गुरुङको संयोजकत्वमा रहेको निर्वाचन कमिटिले सर्वसम्मत कार्यसमितिको औपचारिक घोषणा गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष गुरुङले आफ्नो कार्यकालमा समाजलाई अझ विस्तारित बनाउदै समाजका गतिविधीहरु डिजिटलाईसेन गर्ने, समाजको आफ्नै कार्यालय बनाउने तथा युवा र महिलाहरुका लागि विशेष कार्यक्रम संचालन गर्ने बताउदै जिल्लाका लागि विभिन्न सामाजिक कामहरु गर्ने प्रतिवद्धता जनाए ।

यस्तै नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष टिबी याख्याले झण्डै साढे ५ वर्ष समाजको नेतृत्व गर्ने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिलाई समाजको मर्म र उद्देश्य अनुसार काम गर्न सुझाव दिए ।

हङकङ नेपाली महासङकी अध्यक्षको रीता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि गुरुङ, काठमाडौ–संखुवासभा जर्नालिष्ट एशोसिएसन (एसकाज)का उपाध्यक्ष उद्धव भट्टराई र संखुवासभा समाज हङकङका पुर्वअध्यक्षहरुले कार्यक्रमलाई सयुक्तरुपमा उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै एसकाजका उपाध्यक्ष उद्धव भट्टराई लगायत अन्य वक्ताहरुले अधिवेशन सफललताको शुभकामना व्यक्त गर्दै नयाँ कार्यसमितिको कार्यसफलताका लागि शुभकामना दिएका थिए ।

हङकङमा रहेका नेपाली संस्थाहरुमध्ये पुरानो संस्थाकोरुपमा रहेको संखुवासभा समाज हङकङले अहिलेसम्म सर्वसम्मत नेतृत्व चयन गर्दै आएको र समाजमा उल्लेख्य काम गर्दै आएकाले यो समाज हङकङको नेपाली समुदायमा निकै चर्चामा छ ।

 

 

 

 

 

 

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *