बाढीपहिरो पीडितलाई संखुवासभा समाज हङकङद्धारा ६ लाख ६० हजार सहयोग

news-details

संखुवासभा समाज हङकङले संखुवासभामा गएको बाढीपहिरो पीडितलाई ६ लाख ६० हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ ।

संखुवासभा समाज हङकङअन्तर्गत जिल्लामा रहेको ‘संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठान’ले आज एक कार्यक्रमको आयोजना गरी उक्त राहत रकम वितरण गरेको प्रतिष्ठानका अध्यक्ष टीकाराम गुरुङले बताए ।

उनले हेवाखोला बाढीपीडित मृतक तथा बेपत्ता पाँचजनालाई जनही ४५ हजार, हेवा र सभापोखरीमा पूर्णरूपमा विस्थापितलाई प्रतिपरिवारलाई २४–२४ हजार र सभापोखरीका बेपत्ता तीनजनालाई जनही ३० हजारको दरले राहत रकम वितरण गरिएको बताए ।

उनका अनुसार मृतक तथा बेपत्ता भएका दीपक मगर (पाँचखपन– ६), सन्तोष राई (पाँचखपन– ९), सुहाङ राई (पाँचखपन– ९), भुवनसिंह तामाङ (पाँचखपन– ७) र ज्ञानबहादुर लिम्बू (चैनपुर– ४)का आफन्तलाई जनही ४५ हजार रुपैयाँ वितरण गरिएको थियो भने सभापोखरीका बेपत्ताहरू गणेशबहादुर राई र सञ्चमाया राई ( सभापोखरी– ३), आइतराज लिम्बु (सभापोखरी– ४) लाई जनही ३० हजारका दरले नगद वितरण गरिएको थियो ।

त्यसैगरी बाढीपहिरोले विस्थापित भएका शुक्रराज तामाङ (पाँचखपन– ९), सूर्यबहादुर न्यौपाने (पाँचखपन– ७), धनमाया सुवेदी (पाँचखपन– ९), भैरव तामाङ (पाँचखपन– ७), मनु लिम्बू (पाँचखपन– ४), वसन्ती लिम्बू (चैनपुर– ४), धनकुमारी लिम्बू (चैनपुर– ४), हेमकुमार तामाङ (चैनपुर– ४), पूर्णबहादुर तामाङ (चैनपुर– ४), धनबहादुर राई (चैनपुर– १), सोमबहादुर लिम्बू (सभापोखरी– ५), विष्णु लिम्बू (सभापोखरी– ५), सुनील लिम्बू (सभापोखरी– ५), दीपेश राई (सभापोखरी– ५)लाई प्रतिपरिवार २४ हजारका दरले राहत रकम वितरण गरेको हो ।

सोही कार्यक्रममा संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका सदस्य तथा साहित्यकार ताराबहादुर बुढाथोकीले व्यक्तिगत रूपमा संकलन गरेको ३१ हजार रुपैयाँसमेत वितरण गरिएको थियो ।

पाँचखपन र चैनपुर नगरपालिकाबीचमा रहेको हेवाखोलामा बाढी आउँदा सुपरहेवाखोला हाइड्रोपावरमा कार्यरत १६ जना, अपरहेवाखोला हाइड्रोपावरमा एकजना, अमर कन्स्ट्रक्सनमा एकजना, सभापोखरी– २ सुनाम्लामा दुईजना र सभापोखरी– ४ मा एकजना गरी २१ जनाको मृत्यु भएको थियो ।

बाढी र पहिरोबाट १४ घर पूर्ण रूपमा विस्थापित बनेका छन् । अहिले विस्थापित परिवारहरू आफन्तको घरमा शरण लिएर बसिरहेका छन् ।

समाजले नेपालमा रहेका आर्थिकरुपले दयनिय अवस्थामा रहेका र उपचारबाट बञ्चितहरुलाई समेत सहयोग गर्दे आएको छ । त्यसैगरी बालबालिकाको शैक्षिक क्षेत्रमा लगानी र अन्य बिभिन्न कारणले बिपतमा परकालाई समेत सहयोग गर्दे आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *