संखुवासभा समाज कतारको अध्यक्षमा खनाल

news-details

सन्तोष के सी / कतारमा रहेका संखुवासभालीहरुको साझा संस्था संखुवासभा समाज कतारको तेस्रो अधिबेशनले राजेन्द्र खनालको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन गरेको छ ।

सम्मेलनले प्रथम उपाध्यक्षमा बिरेन मादेन लिम्बु, द्वितीय उपाध्यक्षमा भवानी शंकर पौडेल, महासचिवमा पदम सिम्खडा, सचिवमा भिम बहादुर थापा र अशोक न्यौपाने, कोषाध्यक्षमा शिव कुमार खत्री र सह९कोषाध्यक्षमा मान बहादुर तामाङ चयन गरेको छ ।

यस्तै सदस्यहरुमा उमेश सुवेदी, प्रबिण गौतम, डम्बर अधिकारी, कञ्चन भट्टराई, बुद्धिमान खुलाल, सन्तोष बि।क, दिपेन्द्र कार्की, किरण कट्टेल, पृर्थ बहादुर थापा, दिलिप भुसाल, प्रकाश लिम्बू, कृष्णा राई र डोमा शेर्पा राई गरि २१ जनाको नयाँ कार्यसमिति चुनिएको हो ।

संस्थाका कार्यवाहक अध्यक्ष निरन नेपालको सभापतित्वमा सम्पन्न सम्मेलनमा कोशि प्रदेश कतारका अध्यक्ष चुडामणि कार्कीको प्रमुख आथित्यता रहेको थियो ।

प्रमुख अतिथिको मन्तव्य राख्दै अध्यक्ष कार्कीले संखुवासभा समाज कतार “सामाजिक तथा आर्थिक कार्यमा अग्रणी ” रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गरेका थिए ।

समाजले कतार तथा नेपालमा गरेका विभिन्न सामाजिक,आर्थिक, नैतिक कार्य उदाहरणीय रहेको उनले बताए । समाजले गरेका उल्लेखनीय कार्य प्रगति प्रतिबेदनमा देखिएको भन्दै कार्कीले समाज स्थापना गर्नु भन्दा ठुलो यहाँ रहेका श्रमजिवि नेपालीहरुको पक्षमा काम गर्नु रहेको बताए ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न जिल्ला, प्रदेश परिषद्, वैचारिक सङ्गठन, महिला समाज, पत्रकारहरू, सामुदायिक सङ्घसंस्थाहरूका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो आतिथ्यतासहित मन्तव्य रहेको थियो ।

कार्यक्रममा लुना खतिवडा, रेस्मा प्याकुरेल, बिरेन मादेन लगायतका स्थानिय कलाकारहरुले विशेष सास्कृतिक प्रस्तुतिहरु पस्किएका थिए । कार्यक्रममा कलाकार, सल्लाहकारलगायतलाई सम्मानपत्रद्वारा तथा कार्यवाहक अध्यक्ष निरन नेपाललाई संस्थालाई पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको समापन गर्दै कार्यवाहक अध्यक्ष निरन नेपालले संखुवासभा समाज कतारले गरेका विभिन्न कार्यलाई नयाँ नेतृत्वले आगामी दिनमा पनि निरन्तरता दिदै जाने र सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने विश्वास लिएको बताए ।

कार्यक्रमको सहजीकरण महासचिव पदम प्रसाद सिम्खडा र स्वागत मन्तव्य बिरेन मादेनले राखेका थिए ।

“संखुवासभालिको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान” भन्ने नाराका साथ वैदेशिक रोजगारीको सिलसिलामा जिल्लाका बिभिन्न ठाउँबाट कतार आएका संखुवासभालिद्वारा सन २०१६ मा यो स्थापना गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *