प्रबासी नेपाली युबा मञ्च युएईको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अधिकारी चयन

news-details

प्रबासी नेपाली युबा मञ्च युएईको दोश्रो अधिवेशनले प्रेम बहादुर अधिकारीको नेतृत्वमा आगामी कार्यकालका लागि नेतृत्व चयन गरेको छ ।

आबुधाबी मुसफाको बिराट मनिलामा सम्पन्न मञ्चको दोस्रो अधिबेशनले अधिकारीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको हो । अधिवेशनमा युएईका सबै राज्य कमिटिका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

मञ्चका निबर्तमान अध्यक्ष गोकुल कुइकेलको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिकारुपमा प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष टंक गुरुङ, विशेष अतिथिकारुपमा प्रवासी नेपाली मञ्च युएईका उपाध्यक्ष तथा युबा बिभाग प्रमुख यामबहादुर पुरकोटि र सचिब बाबुराम सापकोटा तथा अथिथिकारुपमा मञ्चका दुबई राज्य कमिटी इन्चार्ज बाबु राम बराइली, आबुधाबी राज्य कमिटि इन्चार्ज शिव जङ्ग गुरुङ, सारजह राज्य कमिटी अध्यक्ष सुमन भण्डारी, आबुधाबी राज्य कमिटी अध्यक्ष देबराज कार्की, आबुधाबी राज्य कमिटीका पूर्बअध्यक्ष नारायण के.सी. लगायतको सहभागिता रहेको थियो ।

अधिबेशनमा कार्यक्रम संयोजक तथा मञ्चका निवर्तमान अध्यक्ष गोकुल कुइकेलले युबा मञ्च प्रबासी नेपाली मञ्चको मेरुदण्ड भएको बताउदै आफ्नो कार्यकालमा सम्पन्न हुन नसकेका अधुरा काम अवको कार्यसमितिले सम्पन्न गर्ने अपेक्षा राखेको बताए ।

प्रमुख अतिथी तथा प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष टंक गुरुङले युवाहरु आशा र भरोसाका संवाहक भएकाले आगामी दिनमा मञ्चले युवालाई अझ सशक्त बनाएर लैजान भन्दै बधाइ तथा शुभकामना व्यक्त गरे ।

यस्तै कार्यक्रमका विशेष अतिथी तथा प्रवासी नेपाली मञ्च युएईका उपाध्यक्ष तथा युबा बिभाग प्रमुख याम बहादुर पुरकोटीले युबा मञ्चले धेरै चुनौती सामना गर्दै अहिलेको अवस्थामा आइपुगेको भन्दै आगामी दिनमा अझ उत्कृष्ट कार्य गर्दै अगाडि बढ्नेमा आफुहरु आशावादी रहेको बताए ।

प्रबासी नेपाली युबा मञ्च युएईका नवनिर्बाचित अध्यक्ष प्रेम बहादुर अधिकारीले युएईमा रहेका हरेक युवाहरुसँग सहकार्य गरेर अघि बढने र कुरा भन्दा काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

अधिवेशनले आगामी कार्यकालका लागि अध्यक्षमा प्रेमबहादुर अधिकारी, उपाध्यक्षमा राज कुमार माझी र दिपेन्द्र महत, सचिवमा रबिन्द्र बि.क, उपसचिवमा रमेश खड्का र महिला उपसचिवमा कविता पुन चयन गरेको छ भने सदस्यहरुमा द्रोण राज ढकाल, रेखा पराजुली, जित मान स्याङ्ताङ, तारा ब. बसौल, भरत बस्नेत, कमल लामा, देबेन्द्र गिरी, तारा मगर, सीता कुमारी कार्की, तुलसा श्रेष्ठ र हेम चौलागाई चयन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *