नेपाल ब्यवसायी संघ कतारले गर्यो नियोग उपप्रमुख खनालको सम्मान तथा बिदाई

news-details

नेपाल व्यवसायी संघ कतारले नेपाली दूतावासका नियोग उपप्रमुख तथा काउन्सेलर लक्ष्मण खनाललाई बिदाई तथा सम्मान गरेको छ ।

लामो समय दोहास्थित नेपाली दूतावासमा रही नेपाली समुदायको हकहितमा काम गरेका खनाल परराष्ट्र मन्त्रालयको सहसचिवमा बढुवा भएर स्वदेश फर्कन लागेपछि संघले उनलाई बिदाई तथा सम्मान गरेको हो ।

कतारस्थित नेपाली राजदूतावासका राजदूत डा.नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता भएको कार्यक्रम व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

नेपाली दूतावास कतारको कार्याबाहक राजदूतको जिम्मेवारीसमेत निभाइ सकेका खनाललाई संघका अध्यक्ष चौलागाईंले सम्मान स्वरुप दोसल्ला ओढाएर बिदाई एवं सम्मान पत्र र स्मृति चिन्ह पनि प्रदान गरेका थिए ।

कार्यक्रममा संघका उपाध्यक्ष तथा एनआरएनए उपाध्यक्ष समेत रहेका राजेन्द्र कुमार शर्मा (आरके) ले स्वागत मन्तव्य राख्दै नियोग उपप्रमुख खनालले पु¥याएको उच्च मुल्याकन गर्दै आगामी दिनको लागि शुभकामना दिए ।

संघका उपाध्यक्ष तथा एनआरएनए युवाउपाध्यक्ष समेत रहेका राज रेग्मी र संघका नै उपाध्यक्ष तथा एनआरएनए उपाध्यक्ष समेत रहेका नरेन्द्र भाटले आफ्नो कार्यकालमा नियोग उपप्रमुख खनालले कतारमा गरेको योगदानको बारेमा उच्च मुल्यांकन गर्दै शुभकामना मन्तब्य राखेका थिए ।

सम्मानपछि नियोग उपप्रमुख खनालले कतारमा रहेका नेपाली समुदायमा आफ्ना अनुभव र प्रगतिका बारेमा बताउदै आफ्नो सम्मानमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरेकोमा संघप्रति आभार व्यक्त गरे ।

कतारस्थित नेपाली राजदूतावासका राजदूत डा. नरेश विक्रम ढकालले पनि कतारमा रहेका नेपाली समुदायको बारेमा बोल्दै नियोग उपप्रमुख खनाललाई नयाँ भूमिकाको लागि बधाई एवं शुभकामना दिएका थिए । राजदूतले नेपाली राजदूतावास कतार र नेपाल व्यवसायी संघ कतार बिचको सम्बन्धलाई सुमधुर बनाउदै कतारमा रहेका नेपाली समुदायका लागि संघले पुर्याएको अमूल्य योगदान प्रति संघलाई धन्यवाद व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष चौलागाईंले दुई पटक कार्यवाहक राजदूतको हैसियतले आफ्नो कार्यकालमा कतारमा रहेका नेपाली समुदायको हित प्रवर्द्धनका लागि नियोग उपप्रमुख खनालले पुर्याएको अमूल्य योगदानको कदर गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल ब्यवसायी संघ कतारका कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मिया तथा सल्लाहकार इन्जीनियर अर्जुन प्रसाद भट्टराईलाई उनीहरुको ओहदाको प्रमाण–पत्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा दूतावासका कर्मचारीहरु, संस्थाका संरक्षक र सल्लाहकारहरु तथा नेपाल ब्यवसायी संघका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन संघका महासचिव रमेश भट्टले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *