बारा सहयोग समाज युएईले गोकुल कुईकेलको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।

समाजको दोस्रो बैठकले कुईकेलको संयोजकत्वमा १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

तदर्थ समितिको सहसंयोजकमा कमल लामा, सचिबमा नारायण पौडेल, सदस्यहरुमा दिनेश उप्रेती, पुरूषोत्तम पुडासैनी, सोमलाल लामा, सुनिल न्यौपाने, राजेन्द्र अधिकारी, अरूण कुमार उप्रेती, मदन ढकाल, निरन्जन उप्रेती, संजय लामा, किरण कार्की, मिना कुवंर, रसिला मगर, रन्जु खड्का, कमल भन्डारी, दिनेश रायमाझी, संदिप लामा, निशान घिमिरे र रोशन ढकाल चयन भएका छन ।

समाजको तदर्थ कार्य समितीले बाराबासी नेपालीलाई युएईमा कुनै समस्या परे सहयोग गर्ने तथा सामाजिक सेवाका कार्यमा आफुलाई लगाउने निर्णय पनि गरेको छ ।

बैठकले सो अवसरमा समाजको आधिकारीक लोगोसमेत सार्वजनिक गरेको छ ।