कतारको राष्ट्रिय खेलकुद दिवसमा नेपाली दूतावास बन्द रहने

news-details

कतारको राष्ट्रिय खेलकुद दिवसको अवसरमा नेपाली राजदूतावास बन्द हुने भएको छ । २ फागुन २०७९ अर्थात १४ फेब्रअरी २०२३ को दिन दूतावास बन्द रहने जनाइएको छ । फागुन ३ गतेदेखि दूतावास पूर्ववतरूपमा खुला रहने दूतावासले जनाएको छ । दिवसको अवसरमा कतारले सार्वजनिक विदा दिएको र उक्त दिन अत्यावश्यक काम बाहेक सबै सेवा बन्द रहने दूतावासले जनाएको छ ।

कतारले हरेक वर्षको १४ फेब्रअरीमा ‘नेशनल स्पोर्ट डे’ मनाउँदै आएको छ । त्यो दिन कतारभर सार्वजनिक विदा दिने गरिएको छ । कतारले सन् २०१२ मा पहिलो पटक राष्ट्रिय खेलकुद दिवस मनाएको थियो । खेलकुदलाई प्रवद्र्धन गर्नुका साथै विभिन्न रोगका कारण जीवनशैलीमा देखिने गरेका जोखिम कम गर्न स्थानीय जनतालाई शिक्षित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी, उप–अमिर र उत्तराधिकारीले सन् २०११ को डिसेम्बरमा एक आदेश जारी गरेका थिए । उक्त आदेशमा फेब्रअरीको दोस्रो मंगलबार कतारको राष्ट्रिय खेलकुद दिवस मनाउने भन्ने थियो । सोही आधारमा हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *