लमजुङ समाज युएईमा गुरुङको अध्यक्षतामा २१ सदस्यिय नया कार्यसमिती चयन

news-details

लमजुङ समाज युएईको छैठौं अधिबेशनले शिव जङ्ग गुरुङको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको छ । युएईको अबुधाबी राज्य कमिटिको कर्नेस पार्कमा सम्पन्न् अधिबेशनले सर्वसम्मत रुपमा २१ सदस्यिय कार्यसमिती चयन गरेको हो ।

उक्त अधिबेशनले महिला उपाध्यक्षमा सृजना गुरुङ, उपाध्यक्ष द्वयमा सबिन पाण्डे, नरेश रिमाललाई, महासचिवमा क्षितिज तामाङ, सचिवमा रवि कुंबर क्षेत्री र कोषाध्यक्षमा रिना तामाङलाई चयन गरेको छ ।

अधिबेशनको खुल्ला सत्रमा नेपाल गजल प्रतिष्ठानका संरक्षक, प्रनेम युएईका अध्यक्ष एवं तनहुं समाज युएईका सल्लाहकार टक गुरुङ प्रमुख अतिथी, विशेष अतिथी लमजुङ समाज युएइका संरक्षक गण सदस्य एवं तमु प्ये ल्हु संघ युएईका सल्लाहकार प्रमुख मुक्ती गुरुङ र बिषेश अतिथी तमु समाज युएईका संरक्षक राजु गुरुङले र तमु समाज युएईका अध्यक्ष नन्द जङ्ग गुरुङले शुभकामना मन्तब्य दिएका थिए ।

लमजुङ समाज युएईले कर्मभूमिमा विभिन्न समस्यामा परेका जिल्लाबासीको सेवा गर्दै आएको छ । यस्तै, जन्मभूमिमा विभिन्न परोपकारी कार्य गर्दै आएको छ । लमजुङ समाज युएईले कोरोना संक्रमणको बेला ८ वटा स्थानीय तहमार्फत गाउँघरका नागरिकलाई ५०/५० हजार रुपैयाँ गरी ४ लाख रुपैयाँ सहयोग गरेको थियो । यस्तै, भाग्यले बाँचेकाहरु बृत्तचित्र प्रदर्शन गरेर बेंसीसहरस्थित मानवसेवा आश्रमलाई १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

सम्म्ेलनमा युएईका सातै प्रदेशबाट करिब १५० लमजुङे र गैह्र लमजुङेको गरिमामय उपस्थिती रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *