स्पेनका राजदुत ढकालद्धारा युएनडब्लुटिओ समक्ष ओहदाको प्रमाणपत्र पेश

news-details

स्पेनका लागि नेपालकी राजदुत डा. शर्मिला पराजुली ढकालले संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठन (यु.एन.डब्लु.टि.ओ.) का महासचिवसमक्ष बुधबार आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी छिन ।

स्पेनको राजधानी मड्रिडस्थित विश्व पर्यटन संगठनको मुख्यालय पुगेर राजदुत ढकालले संगठनका महासचिव जुरब पोलोलिखास्भीली समक्ष शिष्टाचार भेट गरेर आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेकी हुन । सो अवसरमा राजदुत ढकालले विश्व पर्यटन संगठनप्रति नेपालको पूर्ण समर्थन जनाउँदै विश्व पर्यटनलाई ठोस आकार दिन संगठनले खेलेको भूमिकाको प्रशंशा गरिन ।

साथै आगामी मार्च १५ देखि १७ तारिखसम्म संगठनले काठमाडौंमा क्षेत्रीय प्राविधिक कार्यशाला आयोजना गर्न लागेको प्रति पनि राजदुत डा. ढकालले कृतज्ञता व्यक्त गरिन । विश्व पर्यटन संगठनका महासचिव पोलोलिखास्भीलीले नेपालसँगको हार्दिक सम्बन्धप्रति सन्तुष्टी जनाउँदै संगठनले नेपाललाई दिँदै आएको सहयोग जारी राख्ने आश्वाशन दिए ।

सो अवसरमा नेपालको पर्यटन विकास र प्रवर्द्धनको सम्भावनाबारे छलफलसमेत भएको थियो । संयुक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनमा हाल विश्वका १ सय ६० मुलुक पूर्ण सदस्य रहेका छन् भने नेपाल संस्थापक सदस्यमध्येको एक हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *