ग्लोबल गोर्खा समाजको अध्यक्षमा ढकाल

news-details

विश्वभर छरिएर रहेका गोर्खालीहरुको साझा संस्था ग्लोबल गोर्खा समाजको नयाँ नेतृत्वमा एनआरएनए हङकङका अध्यक्ष गोर्कण ढकाल निर्विरोध निर्वाचित भएका छन ।

गोर्खाको मिराकल होटलमा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय महाधिवेशनबाट निबर्तमान उपाध्यक्ष ढकाल निर्विरोध अध्यक्षमा चुनिएका हुन । ढकाल गैरआवासीय नेपाली संघ एनआरएनए हङकङका अध्यक्ष भएर बिगत धेरै बर्षदेखी सामाजिक अभियानमा सक्रिय ब्यक्ति हुन ।

समाजको उपाध्यक्षहरुमा त्रिलोचन पोखरेल (अस्ट्रेलिया), श्रीकृष्ण भट्टराई (कतार), आकाश बन्जरा (हङकङ), वम बहादुर बम (बेलायत), कमला काप्री (बेलायत) र गणेश लामिछाने चयन भएका छन भने जापान निवासी विराट खनाललाई महासचिवको जिम्मेवारी दिइएको छ।

यस्तै समाजको सचिवमा कतारबाट रामजी खत्री, मलेसियाबाट प्रेम पाण्डे र बेल्जियमबाट मदन दवाडी चयन भएका छन ।

समाजको कोषाध्यक्षमा बेलायतका ज्ञानेन्द्र आले मगरले जिम्मेवारी पाएका छन भने सहकोषाध्यक्षमा जर्मनीका सरोज अर्याल चयन भएका छन ।

समाजको युवा संयोजकको जिम्मेवारी नेदरल्यान्डका सुभाषसिंह बस्नेतलाई दिइएको छ। अधिवेशनले जर्मनीका रामप्रताप थापा प्रमुख रहेको ४ सदस्यीय संरक्षक समिति समेत गठन गरेको छ। संरक्षक समितिको सदस्यहरुमा
जयप्रकाश गुरुङ (बेलायत), हरिहर अर्याल (फ्रान्स) र विनय अधिकारी (बेलायत) रहेका छन । कार्यसमितिका सदस्य भने पदाधिकारीको बैठकले चयन गर्ने सहमति भएको छ ।
अधिवेशनको उदघाटन नेकपा माओवादी केन्द्रका वरिस्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गरेका थिए ।

२०१६ मा स्थापना भएको यो संस्थाले विश्वका विभिन्न २ दर्जनभन्दा बढी मुलुकमा शाखा जन्माइसकेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *