नेपाल व्यवसायी संघ र भारतीय विजिनेश एण्ड प्रोफेशनल काउन्सिलबीच भेटवार्ता

दुई देशबीच पर्यटन तथा व्यवसाय प्रवद्धनसम्बन्धी छिट्टै कार्यक्रम गर्ने
news-details

कतार स्थित भारतीय विजिनेश एण्ड प्रोफेशनल काउन्सिल र नेपाल व्यवसायी संघ कतारबीच विशेष भेटवार्ता एवं साक्षात्कार भएको छ ।

भारतीय विजिनेश एण्ड प्रोफेशनल काउन्सिलको कार्यालयमा बिहीबार भएको भेटमा नेपालको तर्फबाट संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईं संरक्षक डाक्टर देब काजी डंगोल र सचिव सुनिल घिमिरे रहेका थिए भने भारतको तर्फबाट काउन्सिलका अध्यक्ष जाफर अस सादिकसहितका प्रतिनिधिको सहभागीता रहेको थियो ।

भारतीय विजिनेश एण्ड प्रोफेशनल काउन्सिलको निमन्त्रणामा गएको व्यवसायी संघले नेपाल र भारतका व्यवसायीको हकहित र दुई देशबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्ने विषयमा छलफल भएको जनाएको छ ।

कतारमा व्यवसाय गरिरहेका नेपाल र भारतका व्यवसायीहरुबीच राम्रो सम्बन्ध स्थापित गराउनका लागि निकट भविष्यमा नै दुवै देशका दूतावासहरुको सहभागितामा एक कार्यक्रम आयोजना गर्ने सहमति भएको संघका अध्यक्ष महेन्द्र चौलागाईले जानकारी दिए । ‘संभव भएसम्म वल्र्डकप भन्दा अगाडि नै दुईदेशका एकसयभन्दा बढि व्यवसायीहरुसहितको कार्यक्रम गर्ने निचोडमा पुग्यौ, नेपाल र भारतका राजदूतसहितको कार्यक्रम हुन्छ’ छलफलपछि बाहिर निस्केका अध्यक्ष चौलागाईले बताए ।

अध्यक्ष चौलागाईका अनुसार उक्त कार्यक्रममा नेपालमा लगानीका संभावना तथा पर्यटन प्रवद्र्धनका विषयमा प्रस्तुती रहने र कतारमा रहेका व्यवसायीलाई नेपाल भित्र्याउन प्रेरित गर्नेछ र नेपालमा लगानी बढ्ने छ ।

कतारमा भारतीय व्यवसायीहरुको संख्या ठूलो रहेको छ । केही दिन अगाडि मात्र कतारमा रहेको भारतीय दूतावाससँग भेटवार्ता गरेपछि भारतीय विजिनेश एण्ड प्रोफेशनल काउन्सिलले नेपाल व्यवसायी संघलाई निमन्त्रणा गरेको हो ।

संघले कतारमा रहेका विभिन्न देशका कुटनितिक नियोग मार्फत सम्बन्धित देशका व्यवसायीहरू संगको सम्बन्ध प्रगाढ पार्ने र कतारमा संचालित व्यवसायलाई थप व्यवस्थित गर्दै नेपालमा बाह्य लगानी लैजाने योजना बनाएको छ ।

सन् २०१८ मा स्थापना भएको संघले सामाजिक कार्य संगै कतारमा रहेका नेपाली व्यवसायीहरूको हकहितमा काम गर्दै आएको छ । कतारमा पहिलो र एक मात्र कतार सरकारमा दर्ता भई अनुमति प्राप्त गरेको नेपाली संस्थाका रूपमा परिचित संघले नेपालमा ठूला एवं मझौला परियोजनाहरू तय गर्दै छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *