सगरमाथा समुह ओमानको अधिवेशन सम्पन्न, निरौलाको अध्यक्षतामा निर्विरोध कार्यसमिति चयन

news-details

नेपालको पर्यटन क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धतासहित ५ बुदे घोषणापत्र जारी गर्दै सगरमाथा समुह ओमानको अधिवेशन सम्पन्न भएको छ । गत शुक्रबार सम्पन्न समूहको बनभोज तथा अधिवेशनले भिम निरौलाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन गरेको छ ।

कार्यक्रमा नेपाली राजदुतावास मस्कट ओमानका राजदुत डोरनाथ अर्याल, दुतावास परिवार, गैरआवासीय नेपाली संघका उपाध्यक्ष डि.बि छेत्री, गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष बिकल झा तथा ओमानमा सक्रिय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित भएका थिए ।

ओमानको बर्कास्थित एक फार्म हाउसमा आयोजित कार्यक्रममा संस्थाका निवर्तमान उपाध्यक्ष लक्ष्मण श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । उनले ओमानमा सामाजिक कार्यहरुको सुभारम्भ गर्ने केहि संस्थाहरु मध्ये सगरमाथा समुह पनि एउटा रहेको जानकारी उपस्थित सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा राजदुत डोरनाथ अर्यालले सगरमाथा समुहलाई सगरमाथा डे मनाउन सुझाव दिदै नया“ गठित कार्यसमितिलाई बधाई दिएका थिए । यस्तै गैरआवासीय नेपाली संघका उपाध्यक्ष डि.बि छेत्रीले संस्थाको उज्वल भबिष्यको कामना गर्दै नवगठित कार्यसमितिलाई बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा गत कार्यकालमा गरिएका बिभिन्न सहयोगहरुको बिवरण प्रस्तुत गरिएको थियो । जसमा खर्च रि.ओ ७३६ बरावरको रहेको जानकारी दिइएको थियो ।

यस्तै संमूहको नवगठित कार्यसमितिले नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि ओमानीहरुलाई नेपाल पठाउन पहल गर्ने, भैपरि आउने समस्याहरुमा सहयोग गर्ने, रोगी पिडितहरुलाई यथोचित रकम सहयोग गर्ने, सामाजिक कार्यको लागि ओमानमा रहेका अन्य नेपाली संंघ संस्थाहरुसँग सहकार्य गर्ने जस्ता प्रतिवद्धता जाहेर गरेको छ ।

अधिवेशनले सर्बसम्मतरुपमा अध्यक्षमा भिम निरौला, उपाध्यक्षमा गोबिन्द पोखरेल, महासचिवमा रमेश लावती, सचिवमा सुजन शर्मा, कोषाध्यक्षमा भिम थापा, सहकोषाध्यक्षमा राम अयोध्या दास, खेलकुद तथा सांस्कृतिक विभाग प्रमुखमा नवराज गुरुङ्ग र सदस्यहरुमा रुद्र मगर, राजकुमा बि.क., कुवेर गहतराज र रोहित बि.के चयन गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *