नेपाली युवालाई यूएईमा पर्‍यो ३५ करोडको चिठ्ठा

news-details

नेपालका एक युवाले दुबईमा एक करोड दिराम (झण्डै ३५ करोड नेपाली रूपैयाँ) बराबरको चिठ्ठा जितेका छन् ।

केही वर्षदेखि दुबईमा कार सफा गर्ने काम गरिरहेका ३१ वर्षीय भरत बिश्वकर्माले युएईको चर्चित मजुज चिठ्ठामा १ करोड दिराम जितेका हुन् ।

गल्फ न्यूजका अनुसार उक्त चिठ्ठा जित्ने भरत पहिलो नेपाली हुन् । उनले त्यहाँ मासिक १३०० दिराम (४५ हजार रुपैयाँ)को कार धुने जागिर खान्थे । बुधबार उनलाई एक करोड दिरामको नमुना चेक हस्तान्तरण गरिएको गल्फन्यूजले जनाएको छ ।

मजुजले साप्ताहिक रुपमा खुलाउने यो चिठ्ठामा भरतले दुई बर्षदेखि चिठ्ठा काटिरहेका थिए । अन्ततः उनको भाग्य खुल्यो र अहिले उक्त चिठ्ठा जित्न सफल भए । यो चिठ्ठा जित्नुअघिसम्म दुबईमा बैंक खातासमेत थिएन । ‘म त निकै खुसी छु’ उनले भने, ‘शनिबार राति टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन्। आफ्ना तीन र पाँच बर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ। साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

‘चिठ्ठा जिते पनि म कार धुने काम छाड्दिनँ,’ युएईको दी नेशनल न्यूजसँग उनले भने, ‘युएईले मलाई धेरै अवसरहरू दिएको छ, त्यसैले म यहाँ बस्न चाहन्छु, अहिले छुट्टि लिएर परिवारलाई भेटेर आउँछु ।’

मजुजका सिईओ फरिद सामजीले चिठ्ठा जित्ने आशमा धेरै नेपालीले यसमा सहभागिता जनाउँदै आएको भन्दै भरतको जीतले नेपाली समुदायमा खुसी छाएको बताए ।

लामो समयदेखि चिठ्ठा किनिरहेका उनको यसपालिको लक्की नम्बर १६, २७, ३१, ३७ र ४२ हुन्। उनले हरेक पटक चिठ्ठा किन्दा दुई वटा नम्बर कहिल्यै छुट्टाउँदैन थिए । किनकि, भरतले जितेका दुई नम्बरमध्ये २७ आफ्नो जन्मदिन र १६ आफ्नो विवाह गरेको दिन हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *