अमेरिकामा बसोवास गर्ने नेपाली दम्पत्ती श्याम श्रेष्ठ र शान्ति श्रेष्ठले स्वदेश आएको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै सामाजिक कार्य गर्नु भएको छ । विपन्न विद्यार्थीलाई स्कुल ड्रेस, ब्याग, जुत्ता वितरण गर्नुको साथै आश्रममा पुगेर खाद्यान्न र आर्थिक सहयोग गर्नु भएको छ ।

अमेरिकाको डेनभर कोलोराडोमा बसोबास गरिरहनु भएका श्रेष्ठ दम्पतीले संचालन गरिरहेको सामाजिक संस्था शेयर मिसन इन्टरनेशनलमार्फत तथा व्यक्तिगतरुपमा लामो समयदेखि नै नेपालमा सामाजिक कार्य गर्दै आउनु भएको छ ।

केही दिन अगाडि नेपाल आएको मौकामा श्रेष्ठ दम्पतिले भक्तपुर कौशलटारमा रहेको मानव सेवा आश्रममा पुगेर खाद्यान्न सहयोग मात्र गर्नु भएन भविष्यमा अन्य सहयोगका लागि अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो । आश्रममा नै पुगेर त्याहाँ आश्रय लिइरहेकाहरुलाई प्रत्यक्ष देख्दा र सहयोग गर्न पाउँदा दुःख र खुशी दुवै मिलेको संखुवासभा समाज, अमेरिकाकी अध्यक्ष समेत रहनुभएकी शान्ति श्रेष्ठको भनाई छ ।

अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा

४६ जनालाई आश्रय दिइरहेको मानव सेवा आश्रम कौशलटारमा पुग्दा शान्ति श्रेष्ठको आँशु रोकिएन । ‘कतिसम्म दुःख आइलाग्दो रहेछ मानिसकोे जीवनमा यहाँ आएपछि थाहाभयो’–शान्तिले भावुक हुँदै भन्नुभयो–‘हामी सकेको सहयोग गर्दै आएका छौ भोलिका दिनमा अन्य प्रकारका सहयोग गछौं ।’

अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा

श्रेष्ठ दम्पनी मात्र होइन उहाँहरुका छोरी र साना नातिनीहरु पनि सहयोगी भावनाले परिपूर्व छन् । नातिनीहरुले खुक्रुकेमा जम्मा भएको रकम निकालेर युनिभर्सल सेकेण्डरी स्कुल धुम्बाराहीमा अध्यनरत ब्राइट नेपाल अनाथालयमा बस्ने अनाथ विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण गरेका छन् । शेयर मिशन इन्टरनेशनलका तर्फबाट आर्थिक सहयोगसमेत ब्राइट नेपाललाई हस्तान्तरण गर्नुभएको छ ।

अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा

रगतमा नै सहयोगी भावाना बोकेको श्रेष्ठ परिवारलाई अरुको पीडा र दुःखमा आफैलाई आँसु आउँछ । ‘त्यही भएर सकेको सहयोग गर्न अगाडि बढिहाल्न मन लाग्छ’ शेयर मिशन इन्टरनेशनल अमेरिकाका संचालक श्याम श्रेष्ठ बताउनु हुन्छ ।

शेयर मिशनकै तर्फबाट सरस्वति आधारभूत विद्यालय, मर्जेतपुर कटारी, उदयपुरका १ सय ८९ जना विद्यार्थीलाई विद्यालय ड्रेस र जुत्ता वितरण गर्नु भएको छ । विद्यालयले भब्यरुपमा ‘विद्यालय पोशाक वितरण’ कार्यक्रम नै आयोजना गरेर विद्यार्थीलाई ड्रेस हस्तान्तरण गरेको थियो । पोशाक हस्तान्तरणका लागि श्याम श्रेष्ठ विद्यालय पुग्नु भएको थियो ।

अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा

श्रेष्ठ दम्पतीले काभ्रेको एक विद्यालयलाई विगतदेखि नै सहयोग प्रदान गर्दै आउनु भएको छ भने संखुवासभा तथा जनकपुरमा पनि विभिन्न सहयोग गर्दै आउनु भएको छ ।

अरुको सहयोगका लागि पैसा मात्र होइन मन आवश्यक पर्छ, त्यसै मन भएका अमेरिका निवासी श्रेष्ठ परिवारको मन भोलिका दिनमा अझै फराकिलो बन्दै जान सकोस् ।

अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा
अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा
अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा