अमेरिका निवासी श्रेष्ठ दम्पत्तीको समाजसेवा

news-details

अमेरिकामा बसोवास गर्ने नेपाली दम्पत्ती श्याम श्रेष्ठ र शान्ति श्रेष्ठले स्वदेश आएको अवसरमा विभिन्न क्षेत्रमा सहयोग गर्दै सामाजिक कार्य गर्नु भएको छ । विपन्न विद्यार्थीलाई स्कुल ड्रेस, ब्याग, जुत्ता वितरण गर्नुको साथै आश्रममा पुगेर खाद्यान्न र आर्थिक सहयोग गर्नु भएको छ ।

अमेरिकाको डेनभर कोलोराडोमा बसोबास गरिरहनु भएका श्रेष्ठ दम्पतीले संचालन गरिरहेको सामाजिक संस्था शेयर मिसन इन्टरनेशनलमार्फत तथा व्यक्तिगतरुपमा लामो समयदेखि नै नेपालमा सामाजिक कार्य गर्दै आउनु भएको छ ।

केही दिन अगाडि नेपाल आएको मौकामा श्रेष्ठ दम्पतिले भक्तपुर कौशलटारमा रहेको मानव सेवा आश्रममा पुगेर खाद्यान्न सहयोग मात्र गर्नु भएन भविष्यमा अन्य सहयोगका लागि अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो । आश्रममा नै पुगेर त्याहाँ आश्रय लिइरहेकाहरुलाई प्रत्यक्ष देख्दा र सहयोग गर्न पाउँदा दुःख र खुशी दुवै मिलेको संखुवासभा समाज, अमेरिकाकी अध्यक्ष समेत रहनुभएकी शान्ति श्रेष्ठको भनाई छ ।

४६ जनालाई आश्रय दिइरहेको मानव सेवा आश्रम कौशलटारमा पुग्दा शान्ति श्रेष्ठको आँशु रोकिएन । ‘कतिसम्म दुःख आइलाग्दो रहेछ मानिसकोे जीवनमा यहाँ आएपछि थाहाभयो’–शान्तिले भावुक हुँदै भन्नुभयो–‘हामी सकेको सहयोग गर्दै आएका छौ भोलिका दिनमा अन्य प्रकारका सहयोग गछौं ।’

श्रेष्ठ दम्पनी मात्र होइन उहाँहरुका छोरी र साना नातिनीहरु पनि सहयोगी भावनाले परिपूर्व छन् । नातिनीहरुले खुक्रुकेमा जम्मा भएको रकम निकालेर युनिभर्सल सेकेण्डरी स्कुल धुम्बाराहीमा अध्यनरत ब्राइट नेपाल अनाथालयमा बस्ने अनाथ विद्यार्थीहरुलाई स्कुल ब्याग हस्तान्तरण गरेका छन् । शेयर मिशन इन्टरनेशनलका तर्फबाट आर्थिक सहयोगसमेत ब्राइट नेपाललाई हस्तान्तरण गर्नुभएको छ ।

रगतमा नै सहयोगी भावाना बोकेको श्रेष्ठ परिवारलाई अरुको पीडा र दुःखमा आफैलाई आँसु आउँछ । ‘त्यही भएर सकेको सहयोग गर्न अगाडि बढिहाल्न मन लाग्छ’ शेयर मिशन इन्टरनेशनल अमेरिकाका संचालक श्याम श्रेष्ठ बताउनु हुन्छ ।

शेयर मिशनकै तर्फबाट सरस्वति आधारभूत विद्यालय, मर्जेतपुर कटारी, उदयपुरका १ सय ८९ जना विद्यार्थीलाई विद्यालय ड्रेस र जुत्ता वितरण गर्नु भएको छ । विद्यालयले भब्यरुपमा ‘विद्यालय पोशाक वितरण’ कार्यक्रम नै आयोजना गरेर विद्यार्थीलाई ड्रेस हस्तान्तरण गरेको थियो । पोशाक हस्तान्तरणका लागि श्याम श्रेष्ठ विद्यालय पुग्नु भएको थियो ।

श्रेष्ठ दम्पतीले काभ्रेको एक विद्यालयलाई विगतदेखि नै सहयोग प्रदान गर्दै आउनु भएको छ भने संखुवासभा तथा जनकपुरमा पनि विभिन्न सहयोग गर्दै आउनु भएको छ ।

अरुको सहयोगका लागि पैसा मात्र होइन मन आवश्यक पर्छ, त्यसै मन भएका अमेरिका निवासी श्रेष्ठ परिवारको मन भोलिका दिनमा अझै फराकिलो बन्दै जान सकोस् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *