नेपाल-इजरायल सम्बन्धको ६२ औं वार्षिकोत्सव मनाइयो

news-details

नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्धको ६२ औं वार्षिकोत्सव मनाइएको छ।

यस अवसरमा काठमाडौंको सुन्दरीजलमा बुधबार इजरायलको दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्त रुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ अन्तरक्रिया कार्यक्रम गरे। उक्त कार्यक्रम सुन्दरीजलस्थित बीपी स्मारक संग्रहालयमा मनाइएको थियो।

कार्यक्रममा पूर्वमन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, कूटनीतिज्ञहरु, राजनीतिज्ञ, सञ्चारकर्मीहरु र इजरायली दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्ध नेपालको तर्फबाट बीपी कोइराला र इजरायलको तर्फबाट डेभिड बेन गुरियनको सक्रियतामा सन् १९६० को जुन १ मा भएको थियो । इजरायलको दूतावासले बीपीको योगदानलाई उच्च गर्दै आइरहेको छ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै यस ऐतिहासिक अवसरमा दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६२ औं वर्षगाँठमा सबैलाई बधाइ दिएका थिए।

कार्यक्रममा इजरायलका राजदूत हनान गोडरले दुई देशबीचको सम्बन्धका दुई आयाम रहेको बताए।

पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले इजरायलको स्वतन्त्रता र सार्वभौमसत्तालाई सधैँ समर्थन गर्ने बताए।

इजरायलका लागि पूर्वराजदूत अन्जन शाक्यले इजरायलसँग कृषि क्षेत्रमा नेपालका ७ प्रदेशमा ७ वटा एक्सिलेन्स सेन्टर स्थापना गर्न समझदारी पत्रमा हस्ताक्षर भएको बताइन्।

नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्ध नेपालको तर्फबाट बीपी कोइराला र इजरायलको तर्फबाट डेभिड बेन गुरियनको सक्रियतामा सन् १९६० को जुन १ मा भएको थियो।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *