जनयुद्धका घाइते भक्तबहादुर मगरलाई प्रवास समन्वय समितिको सहयोग

news-details

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले जनयुद्धका घाइते भक्तबहादुर रानामगरलाई आर्थिक सहयोग गरेको छ । जनयुद्धका क्रममा मकवानपुरको झुरझुरेमा भएको भिडन्तका क्रममा दुबै खुट्टा गुमाएका उनको अवस्था नाजुक बन्दै गएपछि वीर अस्पतालमा उपचार भइरहेको छ ।

माओवादी केन्द्रको विदेशस्थित संगठन जन प्रगतिशील मञ्च बेलायत र जापान तथा समितिका अध्यक्ष ओम शर्मा, सचिव टीबी पाठक र अच्युत फुयाल समेतले प्रदान गरेको जम्मा ४ लाख ५१ हजार ६८७ रुपैयाँ सोमबार बिरामीलाई हस्तान्तरण गरिएको हो ।

समितिका अनुसार बेलायतबाट १ लाख ३४ हजार २७०, जापानबाट ३ लाख ४ हजार ४१०, अच्युत फुयालबाट ३ हजार तथा शर्मा र पाठकबाट ५÷५ हजार रुपैयाँ प्राप्त भएको थियो । सो रकम सचिव पाठक र सुरेश गौतमसहितको उपस्थितिमा अध्यक्ष शर्माले मगरको परिवारलाई हस्तान्तरण गरेका हुन् । आर्थिक अवस्था कमजोर भएका मगरको परिवारलाई थोरै भएपनि सहयोग होस् भनेर समन्वय समितिको पहलमा रहम जुटाइएको शर्माले बताए ।

यसैबीच भारतको चण्डीगढमा क्यान्सर भइ उपचाररत सुरेश महरलाई पनि ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *