दक्षिण कोरियासँगको ईपीएस सम्झौता नवीकरण गर्ने सरकारको निर्णय

news-details

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली नागरिकलाई दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारीपत्र नवीकरण गर्ने निर्णय भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सम्झौता नवीकरण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

सरकारले ईपीएसमार्फतबाट वर्षेनी दक्षिण कोरियामा नेपाली कामदार पठाउँदै आएको छ ।

यस्तै बैठकले दक्षिण अफ्रिकाको डर्वानमा २०७९ जेठ १ देखि ६ सम्म हुने बाल श्रम उन्मूलन सम्वन्धी ५ औ विश्वसम्मेलनमा श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधीमण्डललाई भाग लिन अनुमति दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *