जनप्रगतिशील मञ्च युरोपद्वारा २७ औ जनयुद्ध दिवसको कार्यक्रम भब्यरुपमा सम्पन्न

news-details

नेपाली जनप्रगतिशील मञ्च युरोपले फागुन १ गते (फ्रेब्रुअरी १३)का दिन २७ औ जनयुद्ध दिवसको कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ । भर्चुअल माध्यम जुममार्फत आयोजित कार्यक्रममा युरोपभर रहेका मञ्चका राष्ट्रिय समितिहरुको सहभागिता रहेको थियो ।

नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्ष सुरेन्द्र भुसालको अध्यक्षता तथा सचिव रणबहादुर खाति क्षेत्रीले संचालन गरेको कार्यक्रममा सहभागी जनप्रगतिशील मञ्चमा आबद्ध विभिन्न पदाधिकारीहरुले जनयुद्ध दिवसको अवसरमा शुभकामना मन्तव्य राखेको मञ्चका बेलायत समितिका सचिव तथा प्रचार प्रसार बिभाग प्रमुख बिनय बुढाथोकी (कान्छाराम)ले जानकारी दिएका छन ।

मञ्चका यूरोप सचिव तथा कार्यक्रम संचालक रण बहादुर खाती क्षेत्रीले जनयुद्ध दिवसको बारेमा संक्षिप्त भनाइ राख्दै सुरु भएको कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युरोपका प्रवक्ता सागर पोख्रेलले शुभकामना मन्तव्य दिएका थिए ।
शुभकामना मन्तब्यको क्रममा नेपाली जनप्रगतिशील मञ्च बेलायतका महासचिव बिमला लिम्बुले युरोप समितिमा जोडिन पाउँदा आफूलाई खुसी लागेको बताइन । उनले जनयुद्धले दिलाएको ऐतिहासिक उपलब्धीको अझै पनि सम्मान हुन नसकेको तितो यर्थाथता पोख्दै तथा त्यस्का लागि ज्यान आहुति दिएका सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरिन ।

त्यसैगरी सुकमान लामाले शहिदहरु र माओले देखाएको बाटोमा निरन्तर हिड्नुपर्ने बताए भने मञ्चको बेल्जियम राष्ट्रिय समितिकी महिला संयोजक शुष्मा भुशालले युद्धमा परेर निधन भएका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुप्रति उच्च सम्मान प्रकट गरिन ।

डेनमार्कका संगठन बिभाग प्रमुख उदयराज गौतमले संसदीय व्यवस्थाका कारण देश खाडलमा गइरहेको धारणा राख्दै जनयुद्धमा घाइते र बेपत्ता भएकाहरुलाई राहत दिन जरुरी रहेको बताए ।

सम्बोधनकै क्रममा बेल्जियमबाट सहभागी नेतृ कल्पना मगरले गौरवशाली पार्टी माओवादी केन्द्रले जनयुद्धबाट प्राप्त उपलब्धीहरुको रक्षा र संस्थागत गर्नका लागि अझै योगदान गर्नुपर्ने बताइन । उनले पार्टीकोतर्फबाट भएका कमीकमजोरीलाई समीक्षा गर्दै अगाडी बढ्न नेतागनहरु लागिपर्नु पर्ने पनि बताइन ।

कार्यक्रममा बोल्दै मञ्चको स्पेन समितिका पूर्वमहासचिव गंगा भुषालले शहिदका सपनाहरु पूरा गर्न नेतृत्व पक्षलाई घच्घचाउनुपर्ने आवश्यक्ता भैसकेको बताए भने बेल्जियमबाट नेतृ निर्मला बजगाईले देशलाई बन्धक बनाएर राख्नेहरुलाई परास्त गर्दै जनयुद्ध दिवसको सार्थकता चरितार्थ गर्नुपर्ने औल्याइन ।

यस्तै नेतृ जानुका धमलाले व्यवस्था परिवर्तन भएपनि जनताको जिवन परिवर्तन हुन नसक्नुमा संसदीय व्यवस्था मुल कारण भएको बताइन । वक्तव्यकै बेल्जियमबाट सहभागी दिल्ली भण्डारीले माओवादी पार्टी टुटफुट हुदा नै जनयुद्धबाट प्राप्त उपलब्धी जोगाउन कठिन भइरहेको भन्दै यसलाई एकतावद्ध बनाउन नेतृत्व पक्षलाई दबाब दिनुपर्ने धारणा राखे ।

बेल्जियमबाट सहभागी दुर्गाप्रसाद सुबेदीले देश रहे मात्र आफुहरु रहने नत्र कोही पनि नरहने धारणा व्यक्त गरे भने अर्का वक्ता मनिष गुरुङले ज्यानको बाजी थापेर समाज परिवर्तनका लागि युद्धमा होमिएका योद्धाहरुलाई सम्झदै परिवर्तनको नाममा नेपाली जनता अझै पीडित नै रहेका धारणा राखे ।

यस्तै नर्वेबाट अर्का वक्ता डा. कृष्ण अर्यालल संविधान निर्माणमा माओवादी पार्टीको योगदान स्मरण गर्दै पछिल्लो समय भैरहेको राजनैतिक घटनाक्रम र सर्वोच्च अदालतका प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग कतै एमसीसी पारित गर्ने सौदावाजी खेल त होइन ? भन्दै चिन्ता व्यक्त गरे ।

मञ्चका पोर्चुगल अध्यक्ष दावा लामाले जब–जब देशमा संकट आउँछ तब–तब मात्र जनयुद्धको कुरा स्मरण हुने गरेकोमा दुःख व्यक्त गरे भने पोर्चुगल समितिका पूर्वअध्यक्ष राजेन्द्र गौतमले शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै जनयुद्धका घाइते योद्धाहरुलाई राज्यले सहयोग गर्नुपर्ने कुरा उठाए ।

यस्तै कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका इन्चार्ज जीतबहादुर लामाले सम्पूर्ण शहिदप्रति भावपुर्ण श्रद्धांञ्जली व्यक्त गरेका थिए भने युकेबाट उपाध्यक्ष शेरसिङ ठकुरी, कृष्ण खनाल, बेल्जियमबाट जित लामा, सुशिला खतिवडा, सुइजरल्याण्डबाट युबराज फुयाल, फ्रान्सबाट सुमन पौडेल, जर्मनीबाट गोबिन्द भण्डारी, इटलीबाट रामशरण सिमखडा, डेनमार्कबाट महेन्द्र खड्का, महेस खाती तथा नेदरल्याण्ड्सबाट संघर्ष केसीले जनयुद्धको सार्थकता र वर्तमान अवस्थामा माओवादी पार्टीले निभाउनुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए ।

२७ औं जनयुद्ध दिवस कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले विश्वभरि नै फागुन १ गते जनयुद्ध दिवस भव्यतापूर्वक मनाइएकोमा खुसी व्यक्त गरे । उनले जनयुद्धले नै आज संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिताजस्ता उपलब्धी जेजति उपलब्धी प्राप्त भएको र देशमा रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा आमूल परिवर्तन आएको बताए ।

उनले जनयुद्ध पश्चात शान्ति प्रकृयामा आएपछि माओवादी पार्टीले आफ्ना गल्ती तथा कमिकमजोरीको आत्मसमीक्षा गर्दै व्यापक सुधार गरिरहेको बताउदै अझै यस पार्टीमा आवद्ध सबै सदस्यहरुले राष्ट्रका लागि योगदान पु¥याउन तल्लिन रहनुपर्ने बताए । उनले युरोपमै बसेर पनि नेपालका गाउँघरमा जागरण ल्याउन तथा परिवर्तनका लागि र माओवादी पार्टीको शसक्तिकरणका लागि सशक्त भूमिका निभाउन सबैलाई आग्रह गरे ।

यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रवास समन्वय समीतीका सचिव टीबी पाठकले जनयुद्धमा सामेल भएर शहागत प्राप्त गर्ने शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनयुद्ध दिवसको बारेमा गहन चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च यूरोपका संयोजक तथा अध्यक्ष सुरेन्द्र भुसालले नेपाल गम्भिर संकटमा रहेको भन्दै सिंगो युरोपका नेपाली जनप्रगतिशील मञ्चका पदाधिकारीहरुले विभिन्न तह–तप्कालाई गोलबद्ध बनाउदै बिशेष भूमिका खेल्नुपर्ने आवश्यक्ता औल्याए । उनले फागुन १ गते जनयुद्ध सुरुवात भएको विशेष दिन भएको स्मरण गराउदै मञ्चका विभिन्न राष्ट्रिय समितिहरूले देशप्रति चासो तथा चेतना जगाउदै केन्द्रलाई झक्झकाउन आग्रह गर्दै कार्यक्रममा सहभागी सम्पुर्णलाई आभार व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *