मियाँको विशेष पहलमा गोरखामा इस्लामिया पाठशाला स्थापना

news-details

कतारको राष्ट्रिय मानव अधिकार समितीका नेपाली संयोजक तथा गैरआवासीय नेपाली संघ कतारका कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको विशेष पहलमा गोरखामा इस्लामिया पाठशाला स्थापना भएको छ ।

गोरखाको सिरानचोक गाउँ पालिका वडा नम्बर ३ बयापानीस्थित ठुला गाउँमा मियाँको पहलमा श्री अलि जदिद अल इस्लामिया पाठशालाको स्थापना भएको हो । यसअघि गाउँमा रहेको मदरसा महाभुकम्प २०७२ ले क्षती पु¥याए पछि पठनपाठन पुर्णतः अवरुद्ध हुन पुगेको थियो ।

१२ फेब्रुअरी २०२२ मा एक भब्य कार्यक्रमकाबीच अलि जदिद अल इस्लामिया इनिस्ट्च्युटको उद्घाटन भएको हो । उदघाटन समारोहका प्रमुख अतिथि लेखक तथा प्रोफेसर मोहम्मद रमजान अली मियाँले आफ्नो गाउँमा आएर शैक्षिक क्षेत्रमा सहयोग गर्न पाउँदा र सहकार्य गर्न अवसर प्रदान गरेकोमा गाउँबासीलाई धन्यवाद दिएका थिए ।

उनले पठनपाठनमा शिक्षक, बिद्यार्थी र अभिभावकको जिम्मेवारी बराबरी रहेको भन्दै आपसी एकताले नै लक्ष्यमा पुग्न सक्ने धारणा ब्यक्त गरे । आफुलाई यस अभियानमा सहयोग गर्ने कतारी व्यवसायी नासर अल अली र सलिम चाँद मोहम्मदको अतुलनीय सहयोगको चर्चा गर्दै मियाँले गाउँमा अन्य सामाजिक बिकासमा पनि सहयोग गर्न उहाँहरुलाई आग्रह गर्ने बताए ।

सिरानचोक गाउँपालिका–३ नम्बर वडाका कार्यवाहक अध्यक्ष टोप बहादुर बोगटीले गाउँमा बिगतमा पनि विभिन्न सहयोगले राम्रा काम भएको स्मरण गर्दै अहिले शैक्षिक क्षेत्रमा भएको सहायताको खुलेर प्रशशा गरे । यस्तै समाजसेवी मोहन बोगटीले ठुला गाउँमा मुसलमानहरुको निकै लामो इतिहास र योगदान रहेको स्मरण गरेका थिए ।

कार्यक्रममा मदरसाका पुर्वशिक्षक मोहम्मद सिद्दिक मियाँ, इस्राइल मियाँ तथा दारुल हुदाका संस्थापक अध्यक्ष सफारदिन मियाँ, वडाका पुर्व अध्यक्ष मोहम्मद इसहाक मियाँलगायतले अली जदिदको स्थापनाले गाउँमा शिक्षाको नयाँ लहर आएको र आफ्ना बालबालिकाको भविष्य निर्माणमा यसले नयाँ आयाम निर्माण गर्ने बताए ।

समाजसेवी मोहम्मद्दिन मियाले नयाँ र फरक ढंगले मदरसालाई अगाडि बढाउनु पर्ने बताए । कार्यक्रम मदरसा अलि जदिदका नवनियुक्त शिक्षक हाफिज अलाउद्दिन मियाले संचालन गरेका थिए भने मद्रसाका पुर्वप्रधानाध्यापक इमानदिन मियाँको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा दैनिक पठनपाठनको क्रममा उपस्थिति र हाजिरी जनाउने बिद्यार्थीहरुलाई मदरसा ब्यवस्थापन समितिकोतर्फबाट प्रमुख अतिथिको हातबाट रु ५०० को दरले छात्रवृत्ति प्रदान गरिएको थियो । यसैगरी आमा समुहले पनि पठनपाठनमा सहभागी सबैलाइ रु २०० को दरले छात्रवृत्ति प्रदान गरेको थियो ।

मदरसामा बृद्ध महिला, एकल महिला तथा दिदीबहिनीले पनि पढ्ने अवसर पाएका छन भने पढाईवाहेकको समय निकालेर अरबी भाषाको प्रारम्भिक भाषा कोर्सको पनि ब्यवस्था गरिएको छ । हाल मदरसामा ५० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन ।

प्रमुख अतिथि प्रोफेसर मियाले मदरसालाई शैक्षिक सामाग्रीसमेत प्रदान गर्दै राज्यले यस्ता कार्यक्रममा सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *