जनप्रगतिशिल मञ्च युकेको सहयोगमा स्कुलका बालबालिकालाई न्यानो कपडा वितरण

news-details

नेकपा माओवादी केन्द्र निकट प्रवासी संगठन जनप्रगतिशिल मञ्च युकेको आर्थिक सहयोगमा गोरखाको एक विद्यालयका साना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

गोरखा जिल्ला गण्डकी गाउपालिका–७ चेपाङ बस्तीमा अवस्थित शिव आधारभूत विद्यालयका ११४ जना विद्यार्थीलाई एक समारोहकाबीच न्यानो कपडा वितरण गरिएको मञ्चका सचिब कान्छा राम बुढाथोकी (बिनय)ले जानकारी दिएका छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत रेग्मिको सभापतित्वमा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारीका पूर्व अध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेको प्रमुख आतिथ्यता तथा जनप्रगतिशिल मञ्च युकेका उपाध्यक्ष नविन स्याङतान, रेखा लोप्चन तथा धर्मराज रेग्मीको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका नेता न्यौपानेले विकट ठाँउमा जनचेतनाको अभावका कारण शिक्षा अधुरो छाडने र बालबिबाह गर्ने क्रम अझै नरोकिएकाले त्यतातर्फ सजक रहन र गुणस्तरीय शिक्षा प्रदानका लागि अनुरोध गरेका थिए ।

यस्तै विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले विकट गाँउको विद्यालयमा आएर ससाना बालबालिकाका लागि न्यानो कपडा वितरण गरेकोमा जनप्रगतिशिल मञ्च र प्रवासी नेपालीलाई धन्यवाद व्यक्त गरेका थिए ।

यस न्यानो कपडा वितरणका लागि मञ्चले एक अभियाननै संचालन गरेर आर्थिक सहायता जुटाएको थियो । जसमा ७०३ पाउण्डस्टलिङ डलर रकम संकलन भएको र उक्त रकमले न्यानो कपडा वितरण कार्यक्रम गरिएको सचिव बुढाथोकीले जानकारी दिए ।

बिनय बुढाथोकी–१०१, मानबहादुर गुरूङ–५१, नबिन स्याङतान–५०, तुल छन्त्याल–५०, सुरेश गौतम–३६, राजमणि राई–३०, हरी पौडेल–३०, बिमला लिम्बु–३०, ललित परियार–३०, बिपिन गुरूङ–२५, जीत गिरी–२५, कपिल श्रेष्ठ–२५, ए थापा मगर–२५, सुरेन्द्र श्रेष्ठ–२५, बिष्णु चालिसे–२५, रण बहादुर खाति क्षेत्री–२५, राजेन्द्र गुरुङ २१, फुल प्रसाद कंडेल–२०, इश्वर रिजाल–२०, बिर बलाल–२०, कर्मा पहाडी शेर्पा–२०, माया के सि–१५, गंगा गुरूङ–१५, कृष्ण खनाल–१० र महेश देवकोटाले १० पाउण्ड सहयोग गरेको जनाउदै मञ्चले सहयोगी सबैलाई आभार प्रकट गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *