अस्ट्रेलियाले खुलायो सीमा, प्रवेशका लागि अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने

news-details

कोरोना सङ्क्रमणका कारण बन्द भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा बिहीबारदेखि खुला भएको छ ।

सीमा खुलेसँगै नेपाललगायत अन्य मुलुकका विद्यार्थी र अन्य प्रकृतिका भिसावाहकहरूले अस्ट्रेलिया आवतजावत गर्न पाएका छन् तर अस्ट्रेलिया छिर्नेले अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्नेछ । अस्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेकालगायतका खोपलाई मान्यता दिएको छ ।

अस्ट्रेलिया सरकारको पछिल्लो निर्णयसँगै विशेष गरी भिसा लागेर पनि अस्ट्रेलियाको सीमा बन्द भएर नेपालमै रोकिएका चार हजार नेपाली विद्यार्थीले लाभ लिनेछन् । यी विद्यार्थीहरू अहिले डलरमा शुल्क तिर्दै नेपालमै बसेर अस्ट्रेलियाका विश्वविद्यालयमा अनलाइनमा पढिरहेका छन् । अस्ट्रेलिया गएर कमाउँदै पढ्ने योजना बनाएका थुप्रै विद्यार्थी नेपालमा नै रहेर डलरमा शुल्क तिरेर पढ्नु पर्दा समस्यामा थिए ।

भिसा लागिसकेकाबाहेक सीमा खुल्ने वित्तिकै प्रक्रिया आरम्भ गर्ने योजना बनाएर थुप्रै विद्यार्थी बसेका छन् । अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक वैदेशिक गन्तव्य हो । पाण्डेका अनुसार बुधबार राति मात्रै नेपालबाट दुई सयभन्दा बढी विद्यार्थी अस्ट्रेलिया गएका छन् ।

विदेशबाट अस्ट्रेलिया गएका विद्यार्थी तथा अन्य व्यक्तिमा कोरोना वा त्यससँग मिल्दोजुल्दो लक्षण देखिएको अवस्थामा क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था यथावत् छ । पाण्डेका अनुसार यस्तो व्यवस्था पनि सहरअनुसार फरक फरक छ ।कोरोना सङ्क्रमण घट्न थालेपछि सुरुमा अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि सीमा खुला गर्ने निर्णय गरेको थियो तर ‘ओमिक्रोन भाइरस’को सङ्क्रमण तीव्र बनेपछि उक्त निर्णयमा पुनर्विचार गर्दै डिसेम्बर १५ सम्मलाई सारिएको थियो ।

नेपाली विद्यार्थीका लागि अर्को आकर्षक वैदेशिक गन्तव्य जापानमा भने कोरोना सङ्क्रमणको त्रास यथावत् रहेको भन्दै जापान सरकारले नेपालीलाई प्रवेश निषेध गर्ने निर्णय यथावत् नै राखेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *