नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन १२ डिसेम्बरमा हुदै

news-details

नेकपा (माओवादी केन्द्र)को प्रवास भातृ सङ्गठन नेपाली जनप्रगतिशील मञ्च, यूकेको चौथो सम्मेलन आगामी १२ डिसेम्बरमा हुने भएको छ । हालै देखिएको कोभिड९१९ को नयाँ ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै मञ्चको चौथो सम्मेलन आगामी १२ डिसेम्बरमा जूम मीटिङ मार्फत संचालन गर्ने भएको हो

मञ्चको गत बुधबार बसेको आयोजक समितिको बैठकले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टको जोखिम बढीरहेकोले भौतीक रुप्मा उपस्थीत हुन न सक्ने जानकारी गराउदै आम कार्यकर्ताको चाहना अनुसार जूम मीटिङमार्फत नेपाली जनप्रगतिशील मंच, राष्ट्रिय कमिटिको अधिवेशन गर्न लागेको जानकारी गराएको छ ।

मंचले नेपालको राजनैतिक परिघटनाको उतारचढावको कारण केही समय सिथिल रहेको संगठनलाई पुनः सक्रिय तथा एकीकृत बनाउदै लाने साथै नेपालको सामाजवादी आन्दोलन र प्रवासमा दुःख सुखमा परेका सबै नेपालीहरुलाई सहयोग गर्ने अपेक्षा गरीएको छ ।

सम्मेलनमा प्रमुख अतिथिकारुपमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचन्ड’, विशेष अतिथिमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ तथा अतिथिकारुपमा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिब टिबी पाठक तथा नेपाली जनप्रगतिशील मंच यूरोपका अध्यक्ष सुरेन्द्र भुसाल, सचिव रण खाती क्षेत्री रहने जनाइएको छ ।

मंचका संचार तथा प्रचार प्रसार विभाग इन्चार्ज कान्छा राम बुढाथोकी (बिनय)ले बेलायतको नीती नीयम अनुसार विधान संशोधन कार्य दुर्त गतीमा भैरहेको र नेपाली जनप्रगतिशील मञ्च, यूके बिधीवत रुपमा बेलायतमा कम्पनी ऐन अनुसार दर्ता भएको जानकारी दिएका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *