अन्तर्राष्ट्रिय यूवा उद्ममी महासंघको काठमाडौंमा उदघाट्न हुँदै

news-details

नेपाल र प्रबासमा रहनु भएका यूबा उद्ममीहरूलाई एउटै छातामुनी समेट्ने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रिय युवा उद्ममी महासंघको औपचारिक घोषणा अन्तिम तयारीमा पुगेको छ ।

महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहका अनुसार महासंघको आगामी शुक्रबार (डिसेम्बर ३) काठमाण्डौको याक एण्ड यती होटलमा एक औपचारिक कार्यक्रमबीच घोषणा हुने भएको छ । अध्यक्ष शाहले भने–‘ हामी यो संघको औपचारिक घोषणाको अन्तिम तयारीमा पुगिसकेका छौ । कार्यक्रम बृहत रूपमा आयोजना गर्न हामी लागि परेका छौं ।’


अमेरिका, अष्ट्रेलिया, बेलायत,चाईना, जापान मध्यपूर्व र हगंकगं लगायतका मूलुकहरूमा छुट्टछुट्टै संघ गठन भैसकेको छ । अन्य देशहरूमा पनि संघ गठन हुने क्रममा रहेको जानकारी दिइएको छ । औपचारिक कार्यक्रममा सहभागि हुन संघसंग आबद्द अन्तर्राष्ट्रिय च्याप्टरका पदाधिकारीहरु पनि नेपाल आउने क्रममा रहेका छन् । बिश्वभर छरिएर रहनु भएका नेपाली युवा ब्यवसायीहरूको ब्यबसायिक सन्जाल बनाउने योजना अनुरुप ‘ अन्तर्राष्ट्रीय नेपाली युवा उद्यमी महासंघ’को गठन गरिएको जानकारी दिइएको छ ।

महासंघले उदघाटन समारोहमा बिभिन्न देशमा छरिएर रहेका नेपाली युवा ब्यबसायी साथीहरु बीच चिनजान, एक अर्काबिच बिजनेश आइडियाको आदान प्रदान् गर्ने कार्यक्रम रहेको छ । युवा साथीहरुलाई ब्यबसाय गर्ने हौसला र सहयोग प्रदान गर्ने, विदेशमा ब्यबसाय गर्ने युवा र नेपालमा ब्यबसाय गर्ने, युवा साथीहरूबीच पुलको काम गर्ने, उद्यमशिलतालाई प्रोत्साहन गर्ने लगायतका बिषयमा छलफल र बिचार बिमर्श हुने कार्यक्रम रहेको बताएको छ ।

धेरै भन्दा धेरै उद्यमी साथीहरुलाई एउटै ठाउँमा ल्याउने योजनासँगै नेपाली ब्यबसाय र ब्रान्ड लाई विदेशमा प्रबर्धन गर्ने लगायत थुप्रै योजनामा महासंघले कदम चाल्ने दाबी गरेको छ । शुक्रबार हुन लागेका उदघाटन कार्यक्रममा नेपालका बिभिन्न क्षेत्र, बिधा, तह र तप्कामा ब्यापार ब्याबसाय गरेर नाम कमाउन सफल लगानीकर्ता र उधोग ब्याबसायीलगाएतका महानुभाबहरूको उल्लेख्य सहभागिता रहने जानकारी दिइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *