कतारले नेपाल सरकारलाई दियो ५० वटा भेन्टिलेटर

news-details

कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न नेपाललाईआवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझि मार्फत सोमबार एक कार्यक्रममा नेपाल सरकारलाई हस्तान्तरण गरे।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने क्रममा कन्सुलर नासर अल–मादिदले नेपाल र नेपालीले कतार र कतारीका लागि गरेको गुणको बदलामा हरेक समयमा नेपाललाईआवश्यक पर्दा साथ दिन पछि नपर्ने बताउँदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने बताए ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजँग रायमाझीले कतार सरकारलाई धन्यवाद दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *