मृगौला बिरामी छत्याललाई एनआरएन सोसल क्लब ओमानको आर्थिक सहयोग  

news-details

गैरआवासीय नेपाली सोसल क्लब ओमानले मृगौलाका विरामी सकबहादुर छत्याललाई उपचारका लागि आर्थिक सहयोग गरेको छ । ओमानमा कार्यरत नेपाली र एनआरएन सोसल क्लवले उनलाई ओमानी रियाल ११ सय अर्थात ३ लाख ४० हजार ७ सय रुपैया हस्तान्तरण गरेको छ ।

संकलित सहयोग रकम गैरआवासीय नेपाली सोसल क्लब ओमानका सल्लाहाकार तथा पुर्व उपाध्यक्ष पुर्णबहादुर श्रेष्ठले छत्यालको घरमा पुगेर हस्तान्तरण गरेका हुन् ।

म्याग्दी जिल्लाको मंगला गाउँपालिका ५, पाँखुका छन्त्याल लामोसमयदेखि बैदेशिक रोजगारीको शिलशिलामा ओमानको दुकुममा कार्यरत थिए । करिव ५ महिना अघि काम गर्दा गर्दै एकाएक स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा  दुवै मृगौला फेल भएको जानकारी पाएपछि उनी करिव ३ महिना पहिला स्वदेश फर्किएका थिए ।

‘विदेशमा कुनै पनि तवरले उपचार सम्भव नभएपछि हार गुहार गरि आफ्नै देश थप उपचार गराउने भनेर फर्किएको छु’ छत्याल भन्छन् । न्युन आय र कम बचतका कारण उपचार खर्च नपुग्ने भएपछि उपचार खर्चको लागि छन्त्यालले आफ्ना आसपासका साथी तथा एन.आर.एन ओमानका सदस्यहरुलाई आग्रह गरेका थिए ।

ओमानको दुकुमका काम गर्ने नेपालीहरुको सक्रियता तथा गैरआवासीय नेपाली सोसल क्लबका केन्द्रिय समितिका सदस्य लक्ष्मी प्रसाद कोईरालाको संयोजकत्वमा उक्त रकम संकलन गरिएको थियो ।

छत्यालको उपचारका लागि सहयोग गर्ने सबै सहयोगीहरुलाई गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष बिकल झाले कृतज्ञता प्रकट गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *