खाडीमा फैलदै कोरोना संक्रमण, सजक रहन नेपाली दूतावास ओमानको अपिल

news-details

चिनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण खाडी मुलुक बहराइन, कुवेत हुदै ओमानमा पनि देखिएपछि नेपाली दूतावास ओमानले त्यहाँ रहेका नेपालीहरुलाई सजक र सर्तक रहन आग्रह गरेको छ । ओमानमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण भेटिएको ओमानी संचारमाध्यमहरुले जनाएका छन ।

मस्कटमा रहेको नेपाली दूतावासले ओमानमा समस्याकैरुपमा कोरोना भाइरसको संक्रमण नफैलिएपनि त्यहाँ कार्यरत सम्पूर्ण नेपालीलाई सजक र सर्तक रहन आग्रह गरेको छ । एक विज्ञप्ती निकाल्दै दूतावासले यस रोग सम्वन्धि कुनै लक्ष्ण देखा परेमा या शंका लागेमा ओमानको स्वास्थ्य मन्त्रालयको सम्वन्धित शाखाको सम्पर्क नं. २४४४१९९९ या दूतावासको हटलाइन ७१५९२४९० मा सम्पर्क गर्न अपिलसमेत गरेको छ ।

विश्वव्यापीरुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड–१९) हाल ५० भन्दा बढी मुलुकमा देखिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । यो अझै फैलन सक्ने हुदा यसप्रति सजक रहन डब्ल्यूएचओले पनि आग्रह गरेको छ ।

हेर्नुहोस दूतावासको विज्ञप्ती

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *