जनउद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा १२ नेपालीको उद्दार
- भदौ २३, २०७५
- 0

मलेसिया । मलेशियाको अध्यागमन बिभागले विभिन्न समयमा पक्राउ गरि जेल सजाय भोग्न बाध्य भएका १२ जना नेपालीलाई मलेशिया बाट उद्दार गरि स्वदेश फिर्ता गरिएको छ।
जनउद्वार केन्द्र पेनाङ मलेसियाको पहलमा जेलसजाय भोगि मलेसियाको घरफिर्ती केन्द्रमा अलपत्र परेका १२ नेपाली कामदारलाई बिहिवार उद्वार गरिएको जनउद्वार केन्द्रका अध्यक्ष केशु थापाले जानकारी दिए ।
पेनाङस्थित जुरु डिटेनसन क्याम्प (घरफिर्ती केन्द्र) बाट स्थानीय नेपाली व्यावसायि,नेपाली राजदूतावास मलेसिया र पीडितका आफन्तहरुको आर्थिक सहयोगमा उनिहरुलाई स्वदेश फिर्ता गरिएको जनउद्वार केन्द्र पेनाङ मलेसियाका अध्यक्ष बताएका छन ।
यसरी स्वदेश फिर्ता हुनेहरुमा सल्यानका हरि केसि, बाराका सुरज बहादुर तामाङ,सिन्धुपाल्चोकका सुमन तामाङ, चितवनका चन्द्र बहादुर गुरुङ,सर्लाहीका हेम बस्दुर सुङ्दन,महत्तरीका पबनकुमार,कपिलवस्तुका गोपाल, बाग्लुङका खगेस्वर गुरुङ, धनकुटाका गोपाल लिम्बू,पोखराका, श्री प्रसाद परियार, झापाका भीष्म चेम्जोङ र लिला बहादुर तामाङ रहेका छन् ।
मलेशियाका विभिन्न जेलमा सजाय पूरा गरि टिकट अभावमा स्वदेश फर्किन नसकेका धेरै नेपालीहरु अझै घरफिर्ति केन्द्रमा नै अलपत्र अबस्थामा रहेका छन् ।