भृकुटीमण्डपको गेटमै लागेको ‘दशै महाकुम्भ जुत्ता मेलामा’ लाइन बसेरै किनमेल

news-details

नेपालीहरुको महान चाडपर्व दशै, तिहार तथा छठको अवसर पारेर काठमाडौंको भृकुटीमण्डपको गेट छिर्ने वित्तिकै लागेको ‘दशै महाकुम्भ जुत्ता मेला’ मा उपभोक्ताहरुको थामिनसक्नुको भीड बढेको छ । दशैं नजिकिदै गर्दा नयाँ जुत्ताचप्पल किन्नेहरु लाइनमा बसेर भएपनि ‘दशै महाकुम्भ जुत्ता मेला’बाट नै किन्ने गरेका छन् ।

नेपालका प्रख्यात ९ वटा ब्राण्डका जुत्ताचप्पलको मेला दशैंको फुलपातीसम्म लाग्ने भएपनि दशैंमा घरफर्किनेहरुको किनमेलमा भीड बढेको हो ।

बाग्लुङका हरि थापाले ‘दशै महाकुम्भ जुत्ता मेला’ मा छिरेर १० जोर किने । उनी भन्छन्–‘ जुन जुत्ता हेरे पनि किनौ किनौ लाग्ने छन् ।’ थापा मात्र होइन यस मेलामा छिर्नेहरुले आफुलाई मात्र नभएर परिवारका लागि पनि किन्ने गरेका छन् ।

स्वदेशी जुत्ताचप्पलको बजार बढिरहेको अवस्थामा जुत्ता मेलामा उपभोक्ताको भीडभाड बढिरहेको छ । सस्तो, गुणस्तरीय र राम्रा जुत्ताचप्पल एकै छाना मुनी पाइने भएकाले उपभोक्ताको चाप बढ्न थालेको आयोजकको भनाई छ ।

नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित मात्र गरिरहेका छैनन नेपाली उपभोक्ताको मन पनि जितिरहेका छन् । यसैकारण अहिले सस्तो मुल्यमै गुणस्तरीय जुत्ता पाइन थालेपछि नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् ।

नेपाली उपभोक्ताहरुको बढदो आकर्षणलाई मध्यनजर गर्दै नेपाली जुत्ता उद्योगहरुले समयसमयमा छुट र विभिन्न स्किमसहित मेला आयोजना गर्ने गरेकोमा अहिले पनि त्यसैलाई निरन्तरता दिएको जनाउदै आयोजक प्रमोद महतोले एक पटक मेला अवलोकन गर्नका लागि सबैलाई आह्वान गरेका छन् ।

हेर्नुहोस भिडियो रिपोर्ट :

 

स्वदेशी उत्पादनबाट बनेका गुणस्तरीय जुत्ताचप्पल आम नेपालीले प्रयोग गर्ने हो भने नेपाली सीप, पूजी र उत्पादनले बजारमात्र पाउने थिएन धेरै नेपालीले स्वदेशमा नै रोजगारी पाउने थिए ।

सस्तो मूल्यमै गुणस्तरीय जुत्ताचप्पल, २ हजार भन्दा बढी मोडल उपलब्ध

यही भदौ २० गतेबाट सुरु भएको उक्त मेलामा नेपालका चर्चित ब्रान्डका २ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल उपलब्ध छन् । चाडवाडलाई नै लक्षित गरेर ५ सयभन्दा बढी नयाँ मोडलका जुत्ता बजारमा लन्च गरिएको आयोजक जीवन श्रेष्ठले जानकारी दिएका छन ।

श्रेष्ठले उच्च गुणस्तरको सामाग्रीद्धारा बनाइएकाले विदेशी जुत्ताचप्पलभन्दा गुणस्तरीय रहेका सबै मोडलका जुत्ताचप्पलहरु उत्पादन मूल्यमै मेलामा उपलब्ध गराइएको र प्रत्येक जुत्तामा ६ महिनाको वारेण्टीसमेत प्रदान गरिएको बताए ।

मेलामा नेपालका चर्चित ब्राण्डहरु पिजी सुज, कम्फोर्ट सुज, फुटमाण्डु सुज, बेम्बो सुज, सिटिजन सुज, बोस सुज, फटस्टेप सुज, जल्पा फुटवेयर, एस लेदरको सहभागीता रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *