काठमाडौको पद्मोदय मोडमा चाडबाड लक्षित ‘जुत्ता एक्सचेञ्ज मेला’ सुरु, ‘पुरानो जुत्तासँग नयाँ साट्ने अफर’
- रोजगारमञ्च
- भदौ १२, २०७६
- 0
काठमाडौको पुतलीसडक पद्मोदय मोडमा चाडबाड लक्षित ‘जुत्ता एक्सचेञ्ज मेला’ सुरु भएको छ । नजिकिदै गरेको नेपालीहरुको महान चाड दशै, तिहार तथा छठको अवसर पारेर यही भदौ १० गतेबाट उक्त मेला सुरु भएको हो ।
पुरानो जुत्तासँग नयाँ जुत्ता एक्चेञ्ज गर्नेसहितका आकर्षक स्किमसहित मेला संचालन गरिएको मेला आयोजक प्रमोद महतोले जानकारी दिए । ‘यसअघि पनि पटक–पटक यस्ता मेला आयोजना गर्दा उपभोक्ताहरुको व्यापक चासो र भिड देखिएपछि अहिले फेरी चाडबाडको अवसर पारेर मेला आयोजना गरेका हौ, सुरुवाती दिनमै मेलामा देखिएको भीडले हामीलाई थप हौसला मिलेको छ’ महतोले भने ।
काठमाडौं पुतलीसडकबाट प्रदर्शनीमार्ग तिर मोडिने वित्तिकैको पद्मोदय मोडमा लागिरहेको ‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेलामा’ जुनसुकै ब्राण्डका पुराना जुत्ता ल्याएर नयाँ जुत्ता साट्न पाइनुका साथै प्रत्येक पुरानो जुत्ताको ५ सय रुपैया मुल्यांकन गरेर त्यसमा अझ २५ प्रतिशत छुटसहित नयाँ जुत्ता दिइने आयोजकको भनाईछ ।
नेपाली उपभोक्तालाई आफ्नो ब्राण्डको जुत्ता लगाउने वानी बसाल्नका लागि यस्तो आकर्षक अफर ल्याएको आयोजकको भनाई छ । जुत्ताको बजार मुल्य अनुसार नै छुट दिइएकाले उपभोक्तालाई फ्याक्ट्रीको उत्पादन लागत मूल्यमै नयाँ जुत्ता उपलब्ध हुने आयोजक जीवन श्रेष्ठको दावी छ ।
जुत्ता एक्सचेञ्ज मेलामा केटिएम सुज, भेनस सुज, फुटस्टेप सुजका नयाँ नयाँ डिजाइनका जुत्ता राखिएका छन् । हरेक ब्राण्डका जुत्तामा कम्तिमा ६ महिनाको वारेण्टी रहेको छ । स्वदेशमा बनेका जुत्ताचप्पलले नेपालीहरुको मन जितिरहेको अवस्थामा अझ नेपाली उपभोक्तालाई आकर्षित गर्नका लागि एक्सचेञ्ज मेला सार्थक हुने अर्का आयोजक आरसी केसीको भनाई छ ।
भिडियो रिपोर्ट :
भृकुटीमण्डपमा पटक पटक लाग्ने जुत्ता मेला वन्द भएपछि आफ्नै शोरुममा लागिरहेको यो एक्सचेञ्ज मेलाले उपभोक्ताको मन जित्न थालेको छ । पद्मोदय मोडको स्थायी शोरुपमा नै मेला आयोजना गर्दा उपभोक्तालाई भोलिका दिनमा थप सजिलो हुने आयोजकको भनाई छ । अर्को तर्फ पुरानो जुत्ता रिसाइक्लिङ गरेर प्रयोगमा ल्याइने भएकाले उपभोक्ताले घरमा त्यत्तिकै नफ्याक्न आयोजकको अपील छ ।
नेपाली सीप र पूँजीको प्रयोगबाट बनेका स्वदेशी जुत्ताहरुले अहिले विदेशी जुत्तालाई विस्थापित गरिरहेका छन् । नेपाली उपभोक्ताले स्वदेशी जुत्तानै खोजी खोजी प्रयोग गर्न थालेका छन् । त्यही भएर आयोजकले एक पटक पद्मोदय मोडमा लागेको एक्सचेञ्ज मेला अवलोकन गर्नका लागि आह्वान गरेका छन् ।
स्वदेशी उत्पादनबाट बनेका गुणस्तरीय जुत्ताचप्पल आम नेपालीले प्रयोग गर्ने हो भने नेपाली सीप, पूजी र उत्पादनले बजारमात्र पाउने थिएन धेरै नेपालीले स्वदेशमा नै रोजगारी पाउने थिए ।